यस्तो छ महत्व : दशैं सकियो, तिहार सुरु भयो
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । कोजाग्रत पूर्णिमाको दिन देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरी जाग्राम बसेर पूर्णिमाको दिन समापन गर्ने परम्परा पुरानै हो ।
पहिरोमा परेर आठ जनाको मृत्यु
मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।
‘लोकतन्त्रमा फरक विचारलाई समेट्ने कुराको अर्थ हुन्छ’
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा असोज २३ गते राजनीतिक दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका राजनीतिक दलका नेताहरूले कोही अन्य पार्टीबाट उम्मेदवारी दिएका छन्, कोही स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पहिरोमा परी चारको मृत्यु र तीनजना घाइते
एक सातादेखि परिरहेको अविरल वर्षाको कारण आइतबार राति पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु र तीन जना घाइते हुनुभएको छ ।
कालीकोटमा प्रहरीसहित २२ जना बेपत्ता
कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामीबाट घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपता भएका हुन् ।
लामो बिदामा विद्यार्थीले के सिक्ने ?
असोज महिनाको सुरुवातसँगै नेपालीका ठूला मेलापर्व दशैँ र तिहारको रमझम सुरु भइसकेको छ । दशैँ, तिहार धार्मिक तथा सांस्कृतिक पर्व हुन् । निष्फीक्रि भएर घरपरिवार तथा साथीसङ्गातीसँग खेल्न पाइने भएकाले बालबालिका यति बेला धेरै नै खुसी हुन्छन् । फुर्सदिलो समय भएकाले बढी उनीहरू स्मार्टफोनमा झुम्मिन रुचाउँछन् ।
युट्युबमा के हेर्ने ? ‘युट्युब किड!’
भाइबहिनीले युट्युबमा भिडियो त पक्कै हेर्नुभएकै होला । हेर्नुभएको छैन भने केही न केही जानकारी त होला । युट्युब एउटा भिडियो स्ट्रिमिङ प्लेटफर्म हो अर्थात् युट्युबले हामीले निर्माण गरेका भिडियोलाई संसारभर पु¥याउन सहयोग गर्ने एउटा माध्यम हो । युट्युबले हाम्रो भिडियो अरू माझ पु¥याइदिएर सहयोग पु¥याए पनि आफँै भने भिडियो बनाउँदैन । दुनियाँका अनेक विषयसँग सम्बन्धित भिडियो संसारको एउटा कुनाबाट अर्को कुनाका व्यक्तिसम्म सहजै पु¥याउन युट्युब अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यम बनेको छ । युट्युब गुगलको सहायक कम्पनी हो ।
हरित हाइड्रोजन उत्पादन सम्भाव्यता खोजी
नेपालको जलस्रोत र विद्युत् सदुपयोग गर्दै हरित हाइड्रोजन उत्पादनलाई सम्भाव्य बनाउने विषयमा आजदेखि सरकारी तथा गैरसरकारी निकायका विज्ञहरू दुईदिने सम्मेलनमा जुट्दै छन् । पछिल्ला तीन वर्ष हरित हाइड्रोजनका विषयमा आन्तरिक छलफल, सामान्य अध्ययन तथा यसका लागि साझेदारीका सम्झौता हुने गरेकामा अब भने उत्पादन नै सम्भव गराउन विश्वका विज्ञसहित छलफल गर्न लागिएको आयोजकले जनाएको छ ।
कोरोना बीमा दाबी भुक्तानी गर्न बीमा समितिलाई एक अर्ब
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताउनुभयो । कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।
संरक्षक समिति छनोट प्रक्रिया थालियो
मुलुकमै पहिलो पटक उपकुलपति नराख्ने प्रावधानसहित स्थापना हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) गठन प्रक्रिया सुरु भएको छ। उक्त विश्वविद्यालयको सर्वोच्च निकाय समिति हो। जसले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, व्यवस्थापकीय तथा नीति र मापदण्ड स्वीकृत गर्ने, विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने काम गर्छ।
सबै पालिकालाई प्रदेश राजधानीसँग जोडिने
सरकारले प्रदेश र स्थानीय तहबीच बहुआयामिक नेटवर्क निर्माण गर्ने उद्देश्यले स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ। स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म सहज रूपमा सवारीसाधनको आवतजावत गर्न सकिने गरी पक्की सडक सञ्जालले जोड्न लागिएको हो। तीन वर्षअगाडि नै प्रदेशको राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने भनिए पनि बजेटको अभाव र योजनाको कार्यान्वयन कुन निकायले गर्ने भन्ने अन्योलका कारण कार्यक्रम अगाडि बढ्न सकेको थिएन। चालू आर्थिक वर्षका लागि सरकारले
कालोसूचीबाट हट्नेबारे कात्तिकमा निर्णय
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ।
प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सञ्चारमन्त्री कार्कीको सुनसरी ४ बाट मनोनयन दर्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
प्रधानमन्त्री देउवाको मनोनयन दर्ता नेत्री डा. राणा देउवाबाट
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा गाेरखा २ मा उम्मेद्वारी दर्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा निर्वाचन क्षेत्र नम्बर - २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा मनोनयन दर्ता
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
अध्यक्ष ओलीको मनोनयन दर्ता, आर्थिक समृद्धिमा ध्यान दिने प्रतिबद्धता
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं. ५ मा गएर आफ्नो उम्मेद्वारी मनोनयन दतौ गराउनुभएको छ । अध्यक्ष ओलीको प्रस्तावकहरुमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल रहनुभएको छ । यसैगरी समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्की हुनुहुन्छ ।
रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
प्रधानमन्त्री देउवाले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउनुहुँदै
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
उम्मेदवार मनोनयनपत्र दर्ता सुरु
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
गुल्मीमा प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लामा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।