मनाङबाट गण्डकी प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध
मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ 'दीपक मनाङे' निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङे हाल गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री हुनुहुन्छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
सुदूरपश्चिमका प्रभावशाली नेता र मन्त्रीहरु उम्मेदवारीबाटै बञ्चित
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।
डेंगुको प्रकोपमा मधेश प्रदेश : दुईको मृत्यु, पाँच सय बढी विरामी
वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।
हाइड्रोजन उत्पादन मिश्रित लगानीले मात्र सम्भव
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
अध्यागमनका कर्मचारीको कमजोरी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो। परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो।
हट्ने भए जोखिमपूर्ण विद्युत् क्याबिनेट
मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ । काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदलयात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदलयात्रीको जीवन जोखिममा पर्दै आएको हो ।
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी
डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
चुनावी प्रचार प्रसारमा संलग्न शिक्षक र सरकारी कर्मचारीलाई कारबाही
निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा तयारी पूरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् ।
कलाकारमा निर्वाचन मोह, देश विकास गर्ने प्रतिबद्धता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गत आइतबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचनरुपी महाकुम्भ मेलामा भाग लिन कलाकारमा पनि होडबाजी देखियो । निर्वाचन आकर्षणले कलाकारलाई अछुतो राखेन । त्यही भएर कलाकारले पनि उम्मेदवारी दर्ता गराउनुभयो ।
सभापति देउवाद्वारा उजुरीको जवाफ पेस
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो ।
गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
बाँकेबाट सङ्घ र प्रदेशमा तीन मन्त्रीसहित ९९ काे मनाेनयन
मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाबाट तीन मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराउनेहरुमा दुई जना सङ्घीय मन्त्री र एक जना प्रदेश सरकारका मन्त्री हुनुहुन्छ भने दुई जना महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ ।
सुनसान सिंहदरबार
दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।
रामेछापमा अलपत्र पर्यटक फाप्लु झरे
सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान लागेका सयौँ पर्यटक मौसम प्रतिकूलताका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् ।
विद्रोही उम्मेदवारद्वारा गठबन्धनलाई चुनौती
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाविरुद्ध चितवनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएको छ। चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ। उहाँविरुद्ध कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ। अवसरको खोजीमा नेकपा एमाले हुँदै दुई वर्षअगाडि कांग्रेस हुनुभएका विश्वनाथलाई टिकट दिएकाले पार्टी जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको बुर्लाकोटीले बताउनुभयो।
मुग्लिन–नारायणगढ सडक : पहिरो र साँघुरा पुलले सास्ती
राजधानी काठमाडौँलगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रलाई तराईसँग जोड्ने ‘लाइफलाइन’का रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका जीर्ण र साँघुरा पुलका कारण यस क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। पहिरोको उच्च जोखिमसँगै साँघुरा र जीर्ण पुलका कारण यस क्षेत्रमा सवारी आवागमन कठिन भएको र यात्रुले सास्ती भोग्नुपरेको हो।
महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ
राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा समेत दलहरूले महिलालाई पत्याएनन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।
रोजगारीका लागि विदेशिने दोब्बर
श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा (फोटो फिचर)
कहीँ नभएको जात्रा हाँडीगाउँमा आज सम्पन्न भएको छ । किम्वदतीअनुसार कुनै समयमा एक राजाका दुई छोरीहरु थिए । उनीहरुको सुत्केरी हुने समय एकै भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तान जन्म भएन ।
उद्धारका लागि आएको हेलिकोप्टर अवतरण गर्न सकेन
आईतबार गएको पहिरोमा परी सख्त घाइते भएकाहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेपछि कालिकोटमा अवतरण गरेको छ । कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमको कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा अवतरण गरी रोकिएको छ ।
यस्तो छ महत्व : दशैं सकियो, तिहार सुरु भयो
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । कोजाग्रत पूर्णिमाको दिन देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरी जाग्राम बसेर पूर्णिमाको दिन समापन गर्ने परम्परा पुरानै हो ।
पहिरोमा परेर आठ जनाको मृत्यु
मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।