सुनकोसी–मरिण डाइभर्सन : आजदेखि सुरुङ खनिँदै
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट खन्न सुरु गरिने भएको छ । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ ।
फूलमालाको मूल्य वृद्धि
आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ ।तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
प्रदेश सभामा एकल बहुमत कठिन
आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।
सबै प्रदेशमा सत्ता गठबन्धनले कार्यकर्ता भेला गर्ने : यस्तो छ कार्यक्रम
सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ।
पहिरोले घर भत्किँदा हुम्लामा मानवीय र भौतिक क्षति (फोटो फिचर)
एक हप्ता लामो बर्षाका कारण हुम्लामा मानवीय तथा भौतिक क्षति भएको छ । यसबाट ६ जनाले ज्यान गुुमाउनुु भएको छ । सयौंका घरहरु भत्किएकाले पीडित स्थानीयहरु आफन्तको घरमा शरण लिन बाध्य हुनुभएको छ ।
प्रधानमन्त्री देउवाद्वारा जसपाका मन्त्रीहरु पदमुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्रीभएकाहरुलाई पदमुक्त गर्नुभएको छ । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्रीभएकालाई आज बिहीबार पदमुक्त गर्नुभएको हो ।
इमाडोलका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
दशैं सकिएसँगै लगत्तै किसानलाई धान भित्र्याउने चटारो थपिएको छ । यसपालि ढिलासम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् ।
राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
कांग्रेसले भन्यो, ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
समयमै जाँच गरे ८० प्रतिशत अन्धोपन रोक्न सकिन्छ
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
रक्सौल–काठमाडौं रेलमार्ग डीपीआर ६ महिनामा तयार हुने
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) निर्माण ६ महिनाभित्र सक्नेगरी काम भइरहेको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार यस परियोजनाको डीपीआर अबको ६ महिनाभित्र सकिनेछ ।
बागमतीका २२ तेक्वान्दो खेलाडीमाथि अन्याय
तेक्वान्दो संघमा देखिएको विवादले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत निरन्तरता पाएको छ । विवादका कारण नवौंमा बागमती प्रदेशबाट छनोट भएका तेक्वान्दो खेलाडी प्रतियोगिताबाटै बन्चित हुने अवस्था आएको हो ।
आठ नाउर र पाँच झारलको सिकार अनुमति
ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरू ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन् ।
आचारसंहिता विपरीत मत सर्वेक्षण गरे कारबाही
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
एक सातापछि लुक्ला उडान सुचारु
खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान बिहीबार देखी सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो ।
वार्षिक २० लाख रुपियाँभन्दा बढी बचत
रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका
निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा जानुभएको हो।
हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी
सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ। अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन्। पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ।
मेलम्चीको पानी ल्याउन काम सुरु
मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताउनुभयो। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न
केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
समुद्र पार गरेर कैलाली पुगेका कर्याङकुरुङ (फोटो फिचर)
जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्याङकुरुङ आज कैलारी गाउँपालिका –९ को सामरचौरा गाउँमा देखिएका हुन् ।
नेपालको कवाडी बजारमा भारतीय नागरिक
भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ ।
बाढी र डुबानले दाङमा २५ सय घरमा क्षति
दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रुपमा क्षति भएको हो।