• १३ साउन २०८१, आइतबार

मन परेका तस्बिर

blog

काठमाडौं, असोज २८ गते । 

लुकुम गाउँ : पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा  अवस्थित लुकुमगाउँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको माथिल्लोपट्टी रहेको लुकुम गाउँलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिँच्नहरुको  यहाँ भीड लाग्ने गर्छन्  ।  


लसुने बजार :  तेह्रथुमको लालीगुराँस नगरपालिका–९ मा अवस्थित  लसुने बजार । 


ग्राहकको प्रतीक्षामा नाङ्लो व्यापारी : महोत्तरीको सदरमुकाम जलेश्वरको हटियामा नाङ्लो बेच्न  ग्राहकको प्रतीक्षामा बसेका व्यापारी  ।  


संरक्षित क्षेत्र काँक्रेबिहार : नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेबिहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन । पछिल्लो समय जग्गा प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्दा खेतीयोग्य जमिन मासिँदै गइरहेको छ । 


धानखेत  बाढीले पुरेपछि दाउराको जोहो : निरन्तर भएको वर्षापछि तिला गाउँपालिका–४, जुम्ला साँपुल्ली गाउँको धानखेतमा  बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै स्थानीयवासी ।  असोज १९ देखि २३ गतेसम्म भएको वर्षापछि आएको बाढीले  यहाँका किसानको धानखेत बगरमा परिणत  गरेको छ । 


एकैपटक दुईवटा कर्णल बजाउँदै :  एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । तस्बिरः रासस