• १३ साउन २०८१, आइतबार

पहिरोले घर भत्किँदा हुम्लामा मानवीय र भौतिक क्षति (फोटो फिचर)

blog

राजन रावत

हुम्ला, असोज २७ गते । एक हप्ता लामो बर्षाका कारण हुम्लामा मानवीय तथा भौतिक क्षति भएको छ । यसबाट ६ जनाले ज्यान गुुमाउनुु भएको छ । सयौंका घरहरु भत्किएकाले पीडित स्थानीयहरु आफन्तको घरमा शरण लिन बाध्य हुनुभएको छ ।  

हालसम्म चङ्खेली गाउँपालिकामा ४ जना, सर्केगार्ड र ताँजाकोट गाउँपालिकामा एक–एक जनाले ज्यान गुमाउनुु भएको छ । त्यसैगरी प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार ताँजकोट, अदानचुली, चङ्खेली, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाँम्खा गाउँपालिकाबाट संकलन भएको प्रारम्भिक बिबरणअनुुसार सयौं घरहरुमा ठूलो क्षति भएको छ । 

सञ्चार सम्पर्क गर्न कठिन भएको कारण बिबरण लिन कठिनाइ भइरहेको बताउँदै प्रहरीले क्षति पुुगेको स्थानमा जानेक्रम जारी राखेको बताएको छ । कर्णाली करिडोरको हुम्ला खण्डमा मात्र पन्ध्रभन्दा बढी स्थानमा क्षति पुुगेको प्रहरीको भनाइ छ । त्यसैगरी पाकेर थन्क्याउने तयारीमा रहेका धान, कोदो लगायतको बालीमा ठूलो क्षति पुुगेको छ ।