• ११ असोज २०८१, शुक्रबार

अध्यक्ष ओलीको मनोनयन दर्ता, आर्थिक समृद्धिमा ध्यान दिने प्रतिबद्धता

blog

अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्तापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै । तस्बिर : चेतन अधिकारी

विष्णुप्रसाद पोखरेल

दमक, असोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं. ५ मा गएर आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीको प्रस्तावकहरूमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल रहनुभएको छ । यसैगरी समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्की हुनुहुन्छ ।

सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि उहाँले उम्मेद्वारी दर्ता गर्नुभएको हो । ओली यसभन्दा अघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर सांसद बन्नुभएको थियो । यो पटक पनि उहाँलाई एमालेले आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । 

ओलीले मुलुकको संवृद्धि र विकासको सपना पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । “सम्बद्ध मुलुक र सुखी नेपाली बनाउने अभियान मैले पूरा गर्ने प्रण गरेको छु”, उहाँले भन्नुभयो । 

यस क्षेत्रको विकास र थालिएका अपूरा कामहरू पूरा गर्ने पनि उहाँले उम्मेद्वारी मनोनयनसँगै प्रतिबद्धता जनाउनुभयो । आफ्नो क्षेत्र र सिङ्गो मूलकलाई नै विकासको नयाँ बाटोमा लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।