शोधनान्तर स्थितिमा सुधार, बढ्यो रेमिट्यान्स
अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असारसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
बसाइँसराइले खण्डहर बन्दै ढुङ्गेघर
ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्यालढोका मक्किएका छन्। बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टि रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्ने जोकोहीको मन कटक्क खान्छ।
रङ्गीन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)
काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ
जनयुद्धमा तोड्न बाँकी मिटरब्याजको जालो तोडेका छौंः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ।
देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।
विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
वराहक्षेत्रका कर्मचारी १० बजे लाममा बसेर राष्ट्रियगान गाउँछन्
वराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिहान कार्यकक्ष प्रवेश गर्नुभन्दा अगाडि लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् । सामुहिक सहभागितामा राष्ट्रिय गान गाउँनु यहाँ अनिवार्य गरिएको छ ।
धानबालीलाई मल अभाव नहुने, सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात
देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ ।
सुन काण्डलाई अनुसन्धानकै चरणमा विषयान्तर गरिनु हुँदैन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चौथो केन्द्रीय समिति बैठक यही साउन २१ गते पाँच दिनसम्म बसेर सम्पन्न भएको छ । बैठकले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ सबै वडामा जनतासँंग माओवादी विशेष रूपान्तरण अभियान भदौ १२ गतेदेखि मङ्सिर १५ गतेसम्म चलाउने भएको छ । सरकारका राम्रा कामलाई नेता, कार्यकर्तामार्फत जनतामा पुर्याएर शक्ति आर्जन गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा केन्द्रित गर्ने भएको छ । माओवादी केन्द्रको तीनमहिने अभियान, पार्टी विधान सम्मेलन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित भई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसंँग गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियोमा मनोज रत्न शाही र केशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश :
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य
सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन् ।
पशुमा आमखोप अभियानको तयारी
सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा सरकार लागेको हो । यस वर्ष खोप खरिद गरेर र अर्को वर्ष आफैँले उत्पादन गरेर खोप लगाउने तयारी सरकारको छ ।
८२० किमी थप सडक कालोपत्रे
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष थप ८२० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएको छ । मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल नयाँ पुल निर्माण भएको पनि जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडकको पुनर्निर्माण तथा पुनर्स्थापना भएको पनि बताउनुभयो । त्यसै गरी २४३ किलोमिटर नयाँ ट्र्याक खोलिएको, ६२८ किलोमिटर खण्डास्मित (ग्राभेल) गरिएको जानकारी दिनुभयो । उहाँले सो अवधिमा सडक विभागको भौतिक प्रगति ६९ प्रतिशत रहेको बताउनुभएको छ ।
सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत
अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।
बस्तीले बिगारेको फिर्केखोला (फोटो फिचर)
पोखरा महानगरको मध्य भाग हुँदै बग्ने फिर्केखोला अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिन्छ।
राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो।
बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ ।
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ ।
सर्वोच्चले भन्यो, 'टीकापुर घटना सभ्य समाजमा सोच्नै नसकिने’
सर्वोच्च अदालतले टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै फैसला कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा आममाफी दिनु गलत हुने प्रष्ट पारेको छ ।
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ ।
सकियो साउन, सकिएन रोपाइँ
यो वर्ष साउन सकिँदासमेत धान रोपाइँ सकिएको छैन। साउन ३० गतेसम्म ८७ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ ।