साइबर हिंसाका घटना बढ्दै
सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित हुनुभयो– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उहाँ नेपाल प्रहरीको साइबर ब्युरो पुग्नुभयो र आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुग्नुभयो। उहाँले भन्नुभयो, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।”
रोजगारीमा गएका नागरिकका समस्या ‘ब्रेक थ्रु’ हुने गरी समाधान गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ ।
गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री प्रचण्ड
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो।
सबैभन्दा बढी वर्षा लुम्लेमा, कम मुस्ताङमा मापन
हिजो बुधबारबाट देशैभर पानी परिरहेको छ । मनसुनी न्यूनचापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ सरेकाले अहिले देशभर बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने बताउनु भएको छ ।
गौरामा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको नृत्य
गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ।
६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल र जापानको अति घनिष्ठ सम्बन्ध छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ ।
सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताउनुभएको छ ।
सावधान हुनुहोस् : शापु रोगले दृष्टि गुम्न सक्छ
पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ । पछिल्लो समय कन्जंक्टिभाइटिकको कारणले आँखा पाक्ने रोग दशैभर प्रकोपका रूपमा बढ्दैगएकाले त्यसबाट बच्न ध्यान दिन चिकित्सकहरूले सुझाव दिनुभएको छ ।
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत
अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुनुभएको छ ।
पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो ।
सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेका राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्ट गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपियाँ जरिवाना तिर्नु परेको छ ।
‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’
सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको उक्त व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
मनसुनको दुई महिना : ७२ को मृत्यु, नौ अर्ब २९ करोड क्षति
नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् ।
चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय अन्तरिक्षयानको सफल अवतरण
भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो।
जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्को गतिरोध अन्त्य भएसँगै जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको बताउनुभएको छ।
धादिङ बस दुर्घटना : मृतक आठमध्ये चार जनाको सनाखत
धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ।
सात दलबीचको सहमति : सुन तस्करी छानबिन गर्न आयोग गठन
सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ ।
केरामा फेला पर्यो ‘पानामा टीआरफोर’ रोग
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
त्रिशूली बस दुर्घटना : आठ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जानुहुने भएको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।