रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित
कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।
पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।
नेपाल सधैँ विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका र गत साउनमा बाढीले क्षति पुर्याएको कागबेनी क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ ।
हिमालको संरक्षण सिङ्गो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।
ढिलासुस्तीले थलिए सडक योजना
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो ।
इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते
काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।
कुस्माकाे फोहोर व्यवस्थापन: एनजिओलाई मालामाल नगरलाई करोडौँ नोक्सानी
पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ । जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ ।
कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १६८(५) अनुसार ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्नु भएका मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँच दिनभित्रै विश्वासको मत लिन लाग्नुभएको हो ।
सुदूरपश्चिममा बिरामीका दुःख, डाक्टरविहीन अस्पताल
टीकापुर अस्पतालले केही समयअघि बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, इएनटी, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, फिजिसियन एक/एक जना र पाँच जना मेडिकल अधिकृत गरी ११ जना भर्नाका लागि आवेदन माग्यो । रेडियोलोजिस्ट, फिजिसियन र मेडिकल अधिकृतमा एक/एक जनाको आवेदन प¥यो । तीनै जना छनोट पनि भए तर छनोट भएका रेडियोलोजिस्टले टीकापुरकै निजी अस्पताल रोज्नुभयो र सरकारी अस्पतालमा सम्झौता गर्न आउनुभएन । ११ जनाका लागि खुलेको विज्ञापनबाट दुई जना मात्रै चिकित्सक सम्पर्कमा आए । २५ शय्याको स्वीकृति पाएको टीकापुर अस्पतालमा ७५ शय्या सञ्चालनमा छ तर दरबन्दी २५ शय्या बराबर पनि छैन ।
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो वर्षको मनसुन आइतबारदेखि नेपालबाट बाहिरिएको थियो । मनसुन अवधिमा बाढीपहिरो, भीषण वर्षा, चट्याङसहितको विपत्मा परेर १६८ जना घाइते भएका छन् । त्यस्तै अझै ३० जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी पहिरोमा परेर ४५ जनाको ज्यान गएको बताउनुभयो ।
विश्वकप फुटबल छनोट : लाओसलाई हराएर नेपाल दोस्रो चरणमा
मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा नघट्ने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ र डिजेल प्रतिलिटर पाँच रुपियाँ घटाए पनि सार्वजनिक सवारी साधनको भाडा भने नघट्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड नियमित स्वास्थ्य जाँचका लागि नर्भिकमा
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।
एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
जनताले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ ।
धान भित्र्याउन व्यस्त भक्तपुरका किसान
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन व्यस्त देखिएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसानहरू खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन् ।
चार सय केभी क्षमताको दोस्रो ठुलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको बताउनुभएको छ ।
विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली रहेको बताउनुभएको छ । मङ्गलबार गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवम् ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
गैर आवासीय नेपाली नेपालका गैर आवासीय दूत हुन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताउनुभएको छ ।