अन्ततः ‘रसिद लाइसेन्स’ बन्यो ‘स्मार्ट लाइसेन्स’
अन्ततः ‘स्मार्ट लाइसेन्स’ ‘रसिद लाइसेन्स’ मा परिणत भएको छ । २०७२ सालेदेखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट दिन थालिएको तर कहिल्यै माग अनुसार दिन नसकिएको सवारीचालक अनुमतिपत्रको विकल्पमा राजस्व तिरेको रसिदमा नै फोटो र क्युआर कोड छाप्ने विकल्पमा सङ्घीय र प्रदेश सरकारहरू पुगेका हुन् । यससँगै एक दशकदेखि चलाइएको ‘स्मार्ट लाइसेन्स’ को कारोबार कहिल्यै स्मार्ट बन्न नसकेको घटनाको पटाक्षेप भएको छ ।
कार्यकारी अध्यक्ष चयनमा लोक सेवाको संलग्नता
दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक मङ्गलबार प्रतिनिधि सभाबाट पारित भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक पारित भएको हो । संसद्बाट विधेयक पारितसँगै अब दुई संस्था एकीकृत गर्ने कानुनी बाटो खुलेको छ । प्रमाणीकरण भएको ३१ औँ दिनबाट कार्यान्वयनमा आउने गरी संसद्ले विधेयक पारित गरेको हो ।
मन्त्रिपरिषद् बैठक : भूउपयोग नियमावली, २०८१ स्वीकृत
सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको हो।
मानसिक स्वास्थ्यप्रति समाजमा विभेद र लाञ्छना विद्यमान
छ महिनाअघिको कुरा हो । ३३ वर्षीय एक पुरुष पारिवारिक समस्याका कारण आत्महत्या गर्ने निष्कर्षमा पुग्नुभयो । उहाँले आत्महत्या रोकथामका लागि राष्ट्रिय ‘हेल्पलाइन’ ‘११६६’ बारेमा कतै सुन्नुभएको थियो । हेल्पलाइनमा फोन गर्नुभयो ।
विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ–नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।
तुइनको त्रास कायमै
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
जापानिज इन्सेफलाइटिसबाट कसरी बच्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलाली चितवन र सुनसरी गरी चार जिल्लाबाट छ जना जापानिज इन्सेफलाइटिस संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
राजनीतिक शक्तिको प्रभाव
राजनीतिक दल, गठबन्धन तथा सङ्गठनमा हुने शक्ति र सामथ्र्यको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक शक्ति र सामथ्र्य आपसमा अन्तरसम्बन्धित पनि हुन्छन् साथै यी दुवै तत्वले राजनीतिमा ठुलो प्रभाव पार्छन् । वास्तवमा राजनीतिक शक्तिको तागत त्यसको निर्णय गर्ने क्षमता, लागु गर्ने क्षमता र जनसमर्थन हासिल गर्ने क्षमतामा भर पर्छ । साथै राजनीतिक शक्ति कसरी गतिशील भएर काममा अगाडि बढिरहेको छ भन्ने कुराले राजनीतिक शक्ति र सामथ्र्यको मापन गरिरहेको हुन्छ । कुनै पनि राजनीतिक दल, गठबन्धन तथा सङ्गठनको काम गर्न सक्ने क्षमतालाई त्यसको शक्ति भनिन्छ भने निश्चित समयमा काम गर्ने दर तथा निर्णयलाई कार्यान्वयन गर्ने क्षमताको दरलाई सामथ्र्य भनिन्छ । राजनीतिक शक्ति र सामथ्र्यको सही संयोजनले राजनीतिक शक्तिको सफलता र प्रभावलाई निर्धारण गर्छ ।
ज्येष्ठ नागरिकमा एक्लोपन
सामाजिक अन्तर्क्रिया मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण औषधी हो । आपसी सद्भाव, प्रेम, सहयोग, विश्वास र समझदारीबाट आत्मबल बढ्नुका साथै मनोसामाजिक स्वस्थतासमेत प्राप्त हुन्छ । व्यक्ति व्यक्तिबिचको अन्तर्क्रियामा कमी हुनासाथ अन्तर्मुखी प्रवृत्ति बढ्दै जान्छ भने सामान्य जनजीवनबाट व्यक्ति एकाकी बन्न थाल्छ । सामाजिक, आर्थिक र राजनीतिक द्रुत परिवर्तनले व्यक्तिलाई समायोजन हुन कठिनाइ सिर्जना गरेको अवस्थामा वा उसको जीवनस्तरमा तुरुन्तै ठुलो परिवर्तन आएमा समायोजनजन्य समस्या सिर्जना हुन सक्छ । मानवनिर्मित वा प्राकृतिक जुनसुकै दुर्घटना वा विपत् सृजित समस्याबाट सबैभन्दा बढी
मेलम्ची खानेपानीमा भ्रष्टाचार : चार जना दोषी ११ लाई सफाइ
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ पाएका छन् । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका हुन् । कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेकाले अब सजाय पनि सोही इजलासले निर्धारण गर्ने छ ।
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।
धादिङको धुनिबेसीमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
जनताका अपेक्षा अनुसार काम गर्न नसक्दा आदर्श राजनीतिमा ह्रास आयो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ।
नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार पुनरवलोकनमा जान्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरवलोकन (भ्याकेट) मा जाने जनाउनुभएको छ ।
राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक बिपी कोइराला
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद काेइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित छन्। नेपाली साहित्यमा झण्डै एक दर्जन कृति पस्किएका बिपी एउटा सदाबहार राजनीतिक यात्री बने। प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाएका बिपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्बिर राखेर योजना बनाउन निर्देशन दिने उदारवादी र आदर्श राजनीतिज्ञ हुन् । जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक बिपी नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नने बीपीको जीवन पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र सङ्घर्षमै बित्यो।
प्रत्यायोजित विधायनका कानुन छ महिनामा बन्नुपर्ने
प्रत्यायोजित विधायन अन्तर्गतका कानुन अब छ महिनाभित्र जारी गर्नुपर्ने गरी विधायनसम्बन्धी विधेयकको प्रतिवेदन संसदीय समितिले पारित गरेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले पारित गरेको प्रतिवेदन सोमबार सभामा पेस हुँदै छ । अहिले संसद्ले कानुन निर्माण गरे पनि प्रत्यायोजित विधायन अन्तर्गतका आवश्यक नियमावली, निर्देशिका नबन्दा पूर्ण कार्यान्वयनमा समस्या हुने गरेको छ । समितिले विधेयकको दफा १४ संशोधन गरेर छ महिनाभित्र त्यस्ता कानुन जारी गर्नुपर्ने समयसीमा तोकेको हो । विधायिकी प्रक्रियाको छाता कानुन विधायनसम्बन्धी विधेयक पारितको अन्तिम चरणमा समेत पुगेको छ ।
१९ गुँडमा प्रजनन गर्दै लोपोन्मुख गिद्ध
नवलपुर सदरमुकाम कावासोतीको एउटै वनमा अति लोपोन्मुख गिद्धले १९ वटा गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ । कावासोतीमा नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा मात्र १९ वटा गुँडमा अति लोपोन्मुख डङ्गर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिनुभयो ।
२० लाख बराबरको अवैध सामान बरामद
पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।
खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ।
हिमालमा सन्निकट सङ्कट : नेपालमा दुई हजार ८६ हिमताल
गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो ।
अदालती फैसलाको प्रभाव
अदालको फैसला संवेदनशील हुन्छ । एउटा कार्यालय प्रमुखले आज गरेको निर्णय गलत रहेछ भने भोलिपल्टै सच्याउन सकिन्छ तर न्यायाधीशले फैसला गरिसकेपछि त्यति सजिलै न्याय उल्टिने सम्भावना पनि रहँदैन । अनुसन्धानकर्ताको अनुसन्धान, उसले पेस गरेको प्रमाण, न्यायाधीशको प्रमाण अध्ययन गर्न सक्ने क्षमता र योग्यता एवं न्यायाधीशका विवेकमा अदालतको फैसला अडिएको हुन्छ । न्यायाधीशको निष्पक्षता र सदाचार पनि न्याय सम्पादनका क्रममा महत्वपूर्ण तत्व हुन् ।
शैक्षिक विकासको मूल प्रवाह
शिक्षाले व्यक्तिमा अन्तरनिहित प्रतिभा र सम्भावनाको पहिचान एवं प्रस्फुटन गरी सर्वाङ्गीण विकास गर्छ । शिक्षाले नै व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका लागि दक्ष, सिपयुक्त र असल नागरिकका रूपमा व्यक्तिलाई तयार गर्छ । आधुनिक समाजमा शिक्षालाई नागरिकको आधारभूत आवश्यकता अन्तर्गत राख्ने गरिन्छ र नागरिकको मौलिक हक एवं राज्यको दायित्वका रूपमा लिइएको छ । राज्यबाट सबै नागरिकलाई शिक्षा पाउने व्यवस्था गरिएको हुन्छ । शिक्षा प्राप्तिका लागि शा