सरकारको न्यूनतम साझा कार्यक्रम : अर्थतन्त्र चलायमान बनाउने
सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ हस्तान्तरण गरेको छ ।
संविधान छिटो कार्यान्वयन गर्ने देशमा नेपाल पर्छ
यो जनताको प्रतिनिधिले बनाएको संविधान हो, यसमा जनताको भावना र अपनत्व जोडिएको छ । हाम्रो आवश्यकताका आधारमा कार्यान्वयन अलि ढिलो भयो भन्ने गरिन्छ तर संविधान छिटो कार्यान्वयन भएको एउटा देश विश्वमा नेपाल हो भन्ने यसले प्रष्ट पार्छ ।
केन्द्रले प्रदेशमा हस्तक्षेप गर्नु हुँदैन
संविधान राजनीतिक र कानुनी दस्ताबेज हो । यो गर्दै सिक्दै जाने कुरा हो । थोरै गल्ती भयो भन्दैमा आत्तिनु हुँदैन । बच्चा रोयो भनेर फ्याँक्नु हुँदैन ।
एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।
सर्वाधिक मत ल्याउने दलबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ : महामन्त्री शर्मा
संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।
तल्लो टोल क्वनेया सम्पन्न (फोटो फिचर)
येँया (इन्द्रजात्रा) को रथजात्राको पहिलो दिन हिजो (मङ्गलबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो ।
संविधान संशोधन बहस : नौ सांसदका विचार
नेपालको संविधान २०७२ ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा निर्माण भएको हो । संविधान सभाले जारी गरेको संविधान नौ वर्ष पूरा भएर १० वर्षमा टेकेको छ ।
आजदेखि सोह्र श्राद्ध सुरु (फोटो फिचर)
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
संशोधनका विषय राजनीतिकसँगै न्यायिक पनि
राजनीतिक रूपमा संविधान संशोधनका विषय उठान भइरहेका बेला पेसागत सङ्गठनहरूले पनि संशोधनका विषयवस्तु पहिचान गरेका छन् । सैद्धान्तिक रूपमा संविधान संशोधनबारे संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षी दल तयार छन् तर कुन विषयमा कस्तो संशोधन चोहको स्पष्ट पार्न सकेका छैनन् ।
संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको छ : भीमप्रसाद ढुंगाना
नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नेपालको संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको बताउनुभएको छ।
इन्द्रजात्राको रौनक (फोटो फिचर)
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो ।
राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको हो ।
व्याख्याले संविधान पूर्ण बन्छ : संविधानविद् काशीराज दाहाल
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्रको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै संविधान एवम् प्रशासनविद् दाहालले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘कुनै संविधान पूर्ण हुँदैन त्यसलाई व्याख्या गरेर पूर्णता दिन सकिन्छ।’
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
दलहरू संविधान संशोधनको गृहकार्यमा
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको सहमति भएसँगै संविधान संशोधनको एजेन्डा पनि बहसमा आएको छ ।
विद्यालय जान सुरक्षा पहरा
चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ ।
रवि लामिछानेसहित चारजनालाई कारबाही गर्न सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।