• ११ असोज २०८१, शुक्रबार

तल्लो टोल क्वनेया सम्पन्न (फोटो फिचर)

blog

तल्लो टोल क्वनेया को क्रममा कुमारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, असोज २ गते । येँया (इन्द्रजात्रा) को रथजात्राको पहिलो दिन हिजो (मङ्गलबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जात्राको अवलोकन पछि जात्रा तल्लो टोल तिर लगिएको थियो । जीवित देव देवी गणेश, भैरव र कुमारीको रथजात्राको पहिलो दिन तल्लो टोलमा जात्रा गर्ने परम्परा रहिआएको छ ।

रथजात्रा सकिएपछि दागीं पनि निकालिन्छ । एक वर्षमा दिवङ्गत भएकाहरुको पितृमोक्षको कामना गर्दै दागींको पछि–पछि नगर परिक्रमा गरिन्छ ।

दागीं माथिल्लो टोल परिक्रमा गरी आइसके पछि भने बौमत निकालिन्छ । पितृमोक्षका लागि दागींका पछि–पछि गएकाहरु बाटो बिराएकि वा कतै लडेका छन् कि भनेर बाटो हेर्न जान बौमत निकालिने कथन छ ।

रथजात्राको आज (बुधबार) दोस्रो दिन भने जात्रा वसन्तपुर दरबार क्षेत्रबाट सुरु भएर प्याफल, यटखा, नरदेवी, न्ह्योखा, बाङगेमुढा, असन, इन्द्रचोक, मखन, हनुमानढोका दरबार क्षेत्रबाट पुनः वसन्तपुर पुगेर रथजात्रा सम्पन्न हुनेछ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।