सबै स्थानीय तहमा ‘एफटिटिएच’
सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्याउने गरी योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : डेढ दशकमा पनि साक्षरता अधुरै
सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता सुस्ताएको छ । सरकारले पहिलो पटक २०६५ सालमा अभियानको सुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिइएको थियो । त्यसपछि हरेक वर्ष अभियान सञ्चालन भइरहेको छ । लक्ष्य अनुसार उपलब्धि भने छैन । पछिल्लो डेढ दशकको अवधिमा साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।
नेपाल–भारतबिचका समस्या संवादद्वारा समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताउनुभएको छ ।
योगेश भट्टराईलाई प्रश्न : दुई पटक सांसद हुँदा ताप्लेजुङमा के के काम गर्नुभयो ?
ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ ।
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।
यी हुन उत्कृष्ट ४० निजामती कर्मचारी (नामावली सहित)
सरकारले निजामती सेवा दिवस २०८१ को अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा यी ४० जना कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।
कर्मचारीलाई प्रविधिमैत्री बनाऔँ
सरकारले शनिबार २१ औँ निजामती सेवा दिवस मनाउँदै छ । गत तीन वर्षदेखि नै निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवस मनाए पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् ।
तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सिँचाइ आधुनिकीकरण गर्न १५ अर्ब सहुलियतपूर्ण ऋण लिइने
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको हो ।
पशुपतिमा दर्शनार्थीकाे भीड (फोटो फिचर)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका ९तीज०मा पशुपतिमा दर्शनार्थी भीड लागेको छ ।
तिजको मौलिकता जोगाउन चुनौती
सालको पात टिपेर नलाऊ आमा टपरी हाम्ले बिहे गरिँदैन मनै नपरी हलहली मकै बढ्यो त्यही बारीको हावाले कस्तो घर रोजेर दिन्छौ बाबाले । स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो । एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे : नपढेकी छोरीलाई पढेकालाई दिनुभो यति कुरा बाबाले पाप लिनुभो । अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटर । न आफूले पढियो न त बाउले पढाए के छ इच्छा सोधेनन् डोली चढाए । अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे : केटो हेर्नू बाबाले निकै छाँटकाँटको खेतबारी हेर्नू बाबा सम्म फाँटको । पानी बोक्न नपरोस् दैलादैला पँधेरो कोठाकोठा बिजुली नहोस् अँधेरो । महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो : उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो अन्याय र अत्याचारले जालो लाइसक्यो । कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर कति बस्छौ सामन्तीको दासी भएर ? अरू देशका नारीहरू रकेट चढी चन्द्रमा हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ : सम्पत्तिले नपुगे लैजा भैँसी तानेर बसिँदैन मगन्तेलाई लोग्ने मानेर । त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन । त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ : महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा दस पढेका विद्यार्थीले बिर्से कखरा । त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर केटा पनि हिँड्न थाले कपाल बाटेर । तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी बोल्नभन्दा अगाडि कपाल मिलाउनी । ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो : थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर आहो आहो बाहुन बाजे जनै राखेर । छ सराको जनैले यति दुःख दिएको ठाडो घाँटी लाएर रक्सी पिएको । अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आ
हरितालिका तिज : जागरणमा कोसेढुङ्गा
तिज पर्व यही बेलादेखि मनाउन सुरु भएको भन्ने मिति निर्धारण भएको पाइँदैन । तैपनि यो भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिककालदेखि नै चलिआएको हो । त्यसमा पनि भारतको केही मात्रै ठाउँ र नेपालमा हिन्दु नारीले विशेष पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह (कन्यादान) भगवान् विष्णुसँग गरिदिने निर्णय गरे । पार्वतीलाई आफ्नो बाबुको निर्णय चित्त बुझेन । पार्वती
प्रधानमन्त्री ओली अमेरिका जाने
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने छ ।
उडान सुरक्षा प्रणालीको कमजोरी
गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।
टोकियोको घाउ पेरिसमा पुरियो
प्रत्येक चार वर्षमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सन् १९६४ देखि सहभागिता जनाउँदै आएको छ । तर, ६० वर्ष लामो ओलम्पिक यात्रामा नेपालले पदक जित्न सकेको थिएन ।
‘पानी नपिई व्रत बस्दा स्वास्थ्य समस्या निम्तन्छ’
तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीले व्रत बस्नु शरीरका लागि स्वास्थ्यकर भएको बताउनुहुन्छ ।
सात वटा सहकारीलाई कारबाही गर्न सिआइवीमा पत्राचार
४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
आफ्नै बलबुतामा न्याय
सङ्क्रमणकालीन न्यायका सम्बन्धमा बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट पारित भएसँगै बहसको प्रमुख विषय बनेको छ । द्वन्द्वोत्तर न्याय चासोको विषय हुँदै हो, यो समस्याको विषय पनि हो तर समस्या विधि र प्रक्रियामा भन्दा पनि दलहरूको इच्छाशक्तिमा थियो भन्ने कुरा अठार वर्षसम्म अल्मलिएको सङ्क्रमणकालीन न्यायको विषयले दलहरूले चाहनासाथ गति लिएकाले पनि पुष्टि गरेको छ ।
पूर्वाधार विकास मोडेलमा परिवर्तन आवश्यक छ
पूर्वाधार विकासको पुरानो मोडेल परिवर्तन गरी नयाँ मोडेल बनाउन आवश्यक भएको बताउनुहुन्छ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । मोडेल परिवर्तन गरेर मात्रै विकासले गति लिने हो र ? सडकको दुरवस्थाका कारण दैनिक जसो दुर्घटनाका समाचार सुन्नु पर्छ । दुर्घटना न्यूनीकरणको योजना, असारे विकासको गलत भाष्य तोड्ने र विकास परियोजना समयमा सम्पन्न गर्न र बढ्दो बेरुजु घटाउन के कस्ता योजना अघि सारिएको छ भन्ने विषयमा मन्त्री दाहालसँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी : पछिल्लो समय बढेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति भएको छ । सडकको दूरवस्थाका कारण दुर्घटना बढेको टिप्पणी हुने गरेको छ, यसको न्यूनीकरणका लागि मन्त्रालयले के कस्ता योजना अघि सारेको छ ? यसअघि निर्माण भएका सडक सुरक्षित बनाउने अभियानमा मन्त्रालय लागेको छ
एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।
प्रधानमन्त्रीबाट पलेशालाई ६५ लाख पुरस्कार दिने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ।
एमालेले कांग्रेससँग भएको संविधान संशोधनको सहमति अगाडि बढाउने
नेकपा (एमाले) ले नेपाली कांग्रेसँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।
राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
तिजको दरमा कस्ता खानेकुरा खाने ?
तिजको अघिल्लो दिन माइतीले (बाबु आमा, दाजुभाइ) छोरी–चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने गर्दछन् । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन छ ।