टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।
एनपीएल : सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
एनपीएल : जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको सामान्य लक्ष्य दिएको छ ।
जाजरकोटमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
भेरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद शर्माले दुर्घटनामा दुई जनाको मृत्यु भएको र अर्को एक जना घाइते भएको जानकारी दिनुभएको हो।
सिलसिला बीबीसी सय प्रभावशाली महिलामा छनोट
पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो ।
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो।
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभएको छ।
मकवानपुर दुर्घटना : २२ जना घाइते
हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ।
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबिच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।
भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कारबाही गर्नुपर्ने र बिना सर्त रिहाई गर्नुपर्ने माग सहितको छुट्टाछुट्टै र्याली भरतपुरमा निकालिएकाे छ ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
साउदी अरेबियामा तीन सयभन्दा बढीलाई मृत्युदण्ड
मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ ।
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ ।
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजना पक्राउ परेका हुन् ।
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा (विवरण सहित)
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१० नारायणपुरमा रा७प७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१ नम्वरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका –१९ कुटीचौर निवासी १९ बर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
कीर्तिपुर नगर प्रमुख पदमा काँग्रेसका डंगोलको अग्रता कायमै
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।
स्थानीय तह उपनिर्वाचन : राति अबेरसम्मै सबै नतिजा आउने
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसका डंगोलको अग्रता
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता रहेको छ ।
बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ ।
रुकुमपूर्वको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ ।
नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
नुवाकोटको ककनी गाउँपालिका–२ मा को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
रौतहट ६ को वडाध्यक्षमा कांग्रेसका आलम निर्वाचित
स्थानीय तह उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
धनुषाधाम– १ को वडाध्यक्षमा माओवादीका केवट निर्वाचित
स्थानीय तह उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर केवट निर्वाचित हुनुभएको छ ।