सुधारगृहबाट बालबालिका फरार घटना छानबिन गर्न समिति गठन
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
विश्वका खेलाडी नेपालमा
स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग ९एनपिएल० पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
परराष्ट्रमन्त्री डा. राणा चीनमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुग्नेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ बिहीबार साँझ चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहर पुग्नुभएको हो।
नाष्टको प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदान गरिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
एम्बुलेन्सबाट ब्राउन सुगर बरामद
सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
राष्ट्रपति पौडेलद्वारा कलाकारहरू सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ ।
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अभिभावकहरुले आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।
हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरु तलबबाट बञ्चित
ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत सबै कर्मचारीले दुई महिनादेखि तलब सुविधा खानबाट बञ्चित हुनुपरेको हो ।
ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु
पूर्व-पश्चिम राजमार्गको पथरीशनिश्चरे १ मा सोमबार साँझ ७ बजे भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री राणा मङ्सिर १३ मा चीन जाने
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही मङ्सिर १३ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जानु हुने भएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको हो ।
नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत
नेपालका सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जित्नुभएको छ ।
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सोमबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।
तोलामा १५ हजार नौ सयले घट्यो सुनको मूल्य
सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
ट्रक पल्टिँदा दुई जनाको मृत्यु
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलाेमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
चक्कु प्रहार गरी बुवाको हत्या
रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।