• २८ फागुन २०८१, बुधबार

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

blog

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, फागुन ५ गते । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सदनले सो प्रस्ताव स्वीकृत गरेको हो ।

सभामुख घिमिरेले अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने बताउनुभयो । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।