दार्चुला जिप दुर्घटना : घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो
दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
उदयपुरमा दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दार्चुला दुर्घटना अपडेट : सात जनाको मृत्यु, ६ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटना भएको हो ।
छुर्पीको गुणस्तर मापदण्ड मन्त्रिपरिषदमा पेस गरिने
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।
साइकल मार्ग बनाउन एडिबीले एक अर्ब लगानी गर्ने
पोखरा महानगरपालिकामा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल मार्ग बनाउन एसियाली विकास बैंक (एडिबी) ले एक अर्ब लागनी गर्ने भएको छ ।
एकै परिवारका तीनजना मृत फेला
काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीनजना मृत भेटिएका छन् ।
गुल्मीमा कार दुर्घटना, दुई जना घाइते
गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लुम्बिनी बा ००४३ नम्बरको भेन्यू कार रुरुक्षेत्र गाउँपालिका १ रातामाटास्थित तम्घास रिडि सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रपति पौडेल दोहामा
राष्ट्रपति रामचन्द्र पौडेल ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुग्नु भएको छ ।
निशान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
स्वदेश फर्कियो यु–१९ महिला क्रिकेट टोली
आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।
राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गर्नुभएको छ ।
कांग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो बयान
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ ।
नेपाललाई युएईले दियो ८४ रनको लक्ष्य
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता : पत्रकार सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाका १९ सांसदमाथि नै सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि स्थगित भएको बुझिएको छ ।
पोखरेल नेतृत्वको एमाले उच्च स्तरीय टोली चीन प्रस्थान
नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डल भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित नियन्त्रण लिएको हो।
प्रदेश सांसद दीपक मनाङे कारागार चलान
ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मङ्गलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
बागमतीमा बढ्यो मन्त्रालय
बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १३ बाट बढाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा फुटाएर १४ वटा बनाउने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ–याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
टायर पड्कँदा एकको मृत्यु, छ जना घाइते
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।
आज कोप–२९ शिखर सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिनभित्र असुलउपर गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताउनुभएको छ ।