कर्जा सहायकबाटै बिचल्लीमा सहकारी सदस्य
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सहकारी संस्थामा कर्जा सहायक पदमा कार्यरत मीना शाहले सदस्यहरूको नामबाट ऋण लिई लामो समयसम्म ऋण नतिरेर फरार हुनुभएको छ ।
पाल्पामा भारतीय स्कार्पिओ दुर्घटना : छजना घाइते
पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ गइरहेको भारतीय स्कार्पिओ दुर्घटनामा परेको छ ।
विश्व अर्थतन्त्र २०२४ : भूराजनीतिक तनाव र कृत्रिम बौद्धिकताको उत्कर्षको वर्ष
सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो।भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए।
मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
हवाई इन्धनको मूल्य घट्यो : पेट्रोल र डिजेलको बढ्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।
कान्छीमाया मार्ने बघिनी नियन्त्रणमा
मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ ।
पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु
बर्दिवास ११ स्थित निर्मललामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङकु शर्माको मृत्यु भएको हो ।
बैतडीको सिगास क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प
बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ
लमही नगरपालिकाको तीन वडाका ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । लमही नगरपालिका –८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा सो संख्यामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।
शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षारतामा मात्रै सिमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनुभयो ।
कुखुराको मासु खाँदा किशोरको मृत्यु
बोयलर कुखुराको मासु खाँदा अछाममा एक किशोरको ज्यान गएको छ । एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् ।
बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ
खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो ।
बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ५ बोट बारीमा चाक्ले बगरस्थित भित्री सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ।
श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन
श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण
भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवरण गर्नुपरेको जानकारी दिनुभयो ।
दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १६७ पुग्यो
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।
ज्ञानलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
काठमाडौंसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।
दराजमै थन्क्याइए ‘इनोभेटिभ आइडिया’
सरकारले सार्वजनिक प्रशासनमा नागरिकले अनुभूति गर्ने गरी परिवर्तन ल्याउन निजामती कर्मचारीसँग भएका नवप्रवर्तनशील अवधारणा (इनोभेटिभ आइडिया) लाई कार्यान्वयन गर्ने गरी चार वर्षमा १६ वटा उत्कृष्ट इनोभेटिभ आइडिया सङ्कलन ग¥यो तर ती आइडिया अहिले दराजमा थन्किएका छन् ।
स्रोत नखुलेको ९२ लाखसहित तीनजना सार्वजनिक
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ ।