रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा हुनु भएको छ ।
अदालतको आदेश लगत्तै धरौटी बुझाएर पूर्व सांसद गुरुङसहित तीन जना रिहा
पोखरा–४, कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्।
सूर्यदर्शन सहकारी प्रकरण : सातै प्रतिवादीलाई छाड्न आदेश, कसको धरौटी रकम कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।
रविको मुद्दामा जवाफी बहस जारी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस जारी छ । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार पनि जारी छ ।
चौध लाख योग्यमध्ये बाइस हजारको मात्रै आवेदन
कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो ।
घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्राउ गरेको छ ।
अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेस गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनु भएको हो।
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।
एमालेद्वारा पारित १४ बुँदे प्रस्तावमा के छ ?
कपा (एमाले) केन्द्रीय कमिटीको यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक आज सम्पन्न भएको छ ।
‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पटक पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ ।
काठमाडौँमा भूकम्पको धक्का
आज बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो।
जलमग्न कोइला खानीभित्र भारतीय खानी श्रमिकहरू फसे
उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि कम्तीमा १२ जना भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनू : सर्वोच्च अदालत
सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि
यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।
६ करोड बढी मूल्यको सामग्री प्रहरी नियन्त्रणमा
हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ ।
बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा
खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।
सिंह भएको जिम्बाब्वे पार्कमा पाँच दिनसम्म कसरी बाँचे बालक ?
उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ ।
आज राति भूतप उल्का वर्षा
सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ ।
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ ।
मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) का अनुसार यो स्थानीय मापन (ML) गरिएको भूकम्प हो।
जिप दुर्घटनामा तीन जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउनेक्रममा केहीबेर अघि धमेनानजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आमाको सेवा : कोकिलाको अद्भुत प्रेम
अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाकी ६० वर्षीया कोकिला ढोलीले मातृभक्तिको उदाहरण प्रस्तुत गर्दै उपचारपछि आफ्नी ८३ वर्षीया आमालाई बोकेर घर फर्काउनु भएको छ ।