• २४ पुस २०८१, बुधबार

जलमग्न कोइला खानीभित्र भारतीय खानी श्रमिकहरू फसे

blog

भारतकाे उत्तरपूर्वी राज्य आसाम

गुवाहाटी (भारत),  पुस २२ गते । भारतकाे उत्तरपूर्वी राज्य आसाममा एउटा कोइला खानीमा पानी पसेपछि कम्तीमा १२ जना भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।

“कोइला खानी धेरै दुर्गम स्थानमा छ”, डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयङ्क झाले भन्नुभयो । 

स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये धेरैजना खानीको कार्यस्थलमा पानी भरिँदा भाग्न सफल भए ।

राज्य अधिकारीहरूले सरकारी उद्धार टोलीहरू र सेनाको सहयोग मागेका छन् ।

“उमराङ्सुबाट आएको चिन्ताजनक समाचार, त्यहाँ श्रमिकहरू कोइला खानीमा फसेका छन्”,  आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विज्ञप्तिमा भन्नुभयो, “खानी श्रमिकहरूको सही सङ्ख्या पुष्टि हुन सकेको छैन, सबैको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्दछु ।” रासस, एएफपी