दुर्घटनाबाट तीन दिनमा लुम्बिनीमा २२ जनाको मृत्यु
फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
डिजेल, पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
गोली प्रहार गरी महिला प्रहरीको हत्या
दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको विधान अधिवेशन : सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने
नेकपा (माओवादी केन्द्र) ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ।
फोहोर टिप्ने बाहानामा दिउँसै चोरी : पाँच जना पक्राउ
फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो
“राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठुलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाउनुभयो ।
वीर अस्पताल छेउका कानुन विपरीत सञ्चालित दुईवटा फार्मेसी बन्द
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरूको समेत निरीक्षण पछि कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ ।
कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र
नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन सकियो
नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ ।
एक हजार कैदीको निःशुल्क स्वास्थ्य बिमा
कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजार कारागारमा रहेका कैदीहरुको स्वास्थ्य बिमा गरेको विभागका जानकारी दिनुभयो ।
नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग ६ वटा सम्झौता
दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सातवटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सातवटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताउनु भएको छ ।
कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा
नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
२०८१ सालका बिदा सार्वजनिक (विस्तृत विवरणसहित)
नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।
एसिसी महिला प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय
नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।
विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने
नेकपा (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।
पाल्पा दुर्घटना अपडेट: मृतकको सङ्ख्या १० पुग्यो, १६ जना घाइते (विवरणसहित)
पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
पाल्पा दुर्घटना अपडेट : आठ जनाको मृत्यु, १८ घाइते
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।