काठमाडौँ, फागुन ८ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते हुनु भएको थियो ।
उपचाररत प्रमुख बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । अर्थमन्त्री पौडेल तीन दिन अघिनै डिस्चार्ज हुनुभएको थियो ।
उहाँले सामाजिक सञ्चाल फेसबुकमार्फत आफु अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभएको हो । साथै उहाँले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हृदयदेखि आभार व्यक्त गर्नु भएको छ ।