बैतडीको झौलेक भिरमा जिप दुर्घटना, छ जनाको मृत्यु (नामावलीसहित)
बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ।
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सबै दलसँग सहमति गरेर सरकारले विधेयक अगाडि बढाउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलसँग सहमति गरेर मात्रै सरकारले विधेयक अघि बढाउने बताउनुभएको छ।
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (मङ्गलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कोरोना सङ्क्रमित एकको मृत्यु
कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ ।
मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुखविरुद्ध ९५ लाखको मुद्दा दायर
मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।
कांग्रेसलाई बलियो बनाउन शिक्षक सङ्घको भूमिका महत्त्वपूर्ण : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुत बनाउन शिक्षक सङ्घको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ ।
नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच
नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द
बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।
प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा
बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
सोमबारे साइत पारेर विद्यार्थी खोज्न शिक्षकहरु घर-घरमा
कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनुभएको छ ।
वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबारबाट
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन भोली (मङ्गलबार)बाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबार र बुधबार दुई दिनसम्म चल्ने छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विमानभित्र ‘अनियन्त्रित’ झडपपछि दिल्लीमा आकस्मिक अवतरण
एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ ।
विकट हरिनाशमा सडक निर्माण, धमाधम कालोपत्रे हुँदै
देश सङ्घीय संरचनामा गएपछि देशका अति विकट स्थानमा पनि विकास निर्माणका कामले गति लिएको छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको छ ।
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार
झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ ।
नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ ।
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट दुई मन्त्री
बागमती प्रदेशको मन्त्रिपरिषद सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि आइतबार साँझ विस्तार गरिएको छ ।
प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत २६ गते । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको हो।