सडकका ८५ प्रतिशत बालक यौन हिंसामा
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् ।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको वार्ता भङ्ग
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको छ ।
कान्छी प्राध्यापकको निधन : सहयोग सङ्कलन रोकिदिन परिवारको आग्रह
त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ ।
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन
कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूलनहरमा पानी परीक्षण गरेको थियो ।
सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
डढेलोका कारण वायु प्रदूषण बढ्दो
पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।
कोहलपुरमा दश तले भ्यूटावरको निर्माण
पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।
जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार
खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याउने कार्य निरन्तर जारी छ ।
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तरकारी सस्तियो, उपभोक्ताले पाएनन् राहत
पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन । अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन ।
ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता र सांसद पद खारेज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
माग सम्बोधन गराउन हरवा–चरवाहरु प्रदर्शनमा (फोटोफिचर)
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको छातामुनी गोलबद्ध हुँदै मधेस प्रदेशका आठ जिल्लाका हरवा–चरवाहरु ६ बुँदे माग सम्बोधन गराउन प्रदेश राजधानी जनकपुरमा सडक प्रदर्शन गरेका छन् ।
पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : सांसद् श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ।
१३ एसएसपीको डीआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
सङ्कटा र हिमालयन शेर्पा विजयी (फोटो फिचर)
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा बुधबार भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।
चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज हुने
नेपाल चलचित्र कलाकार सङ्घले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
विनाकुमारीलाई एक लाखको सर्वोत्कृष्ट उद्यमी पुरस्कार
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ ।
सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पा वेपत्ता
सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पा वेपत्ता भएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरू घर फर्किँदै थिए ।
उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि मतदान सुरु
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
मङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।