• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

blog

राष्ट्रिय सभा बैठक ।

काठमाडौं, जेठ ५ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेर १ मिनेटदेखि सुरु भएको बैठकमा सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।

त्यस्तै, सांसद गोपी बहादुर सार्की आछामीले प्रतिनिधि सभाबाट प्राप्त ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’’ मा राष्ट्रिय सभाका सांसदहरूको मनोनयनसहित समिति गठन सम्बन्धी प्रस्तावको स्वीकृतको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले ‘‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’’ प्रस्तुत गर्नुहुने ।