• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा सरकार बिस्तारको तयारी

blog

रुपन्देही, जेठ ८ गते । लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री सन्तोष पाण्डेका अनुसार नेपाली कांग्रेसका नेता राजु खनाल, जनता समाजवादीका भण्डारीलाल यादव र जनमत पार्टीका सिके गुप्तालाई मन्त्री बनाउने तयारी भएको छ । यसलाई अन्तिम रूप दिन मुख्यमन्त्री चौधरीसहितका नेताहरू छलफलमा जुटिरहेको पाण्डेले बताउनुभयो । छलफल टुङ्गिएमा आज सोमबार नै थपिएका मन्त्रीहरूलाई शपथग्रहण गराइने छ ।


Author

भुवन कार्की