• १३ साउन २०८१, आइतबार

सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई आग्रह

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरी । तस्बिर सौजन्य : एनएसएल

काठमाडौं, जेठ ४ गते । नेपाल सुपर लिगका पदाधिकारीले सामाजिक उत्तर दायित्व कोष (सीएसआर) को रकम खेल क्षेत्रमा प्रयोगको लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको छ ।

नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीसहितको टोलीले बिहीबार प्रधानमन्त्रीलाई सीएसआर कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्न सक्ने विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस विषयमा आफू सकारात्मक रहेको जानकारी गराउनुभएको थियो । उक्त अवसरमा अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेलमा निजी क्षेत्रलाई जोडेको धारणा राख्नुभएको थियो ।

चौधरीले खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न एनएसएलले प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो ।