• १३ साउन २०८१, आइतबार

पूर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौं, जेठ ३  गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । 

यसैगरी पूर्व राष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षारोपणसमेत गर्नुभएको छ । उद्यानमा उहाँले स्वामीको बिरुवा रोप्नुभयो । पूर्व राष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोप्नुभयो ।

यसैगरी पूर्व राष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गर्नुभयो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । 

एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् । रासस