• १३ साउन २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

blog

भुटानी नेता टेकनाथ रिजाल । फाइल तस्बिर

 मित्र भण्डारी 

काठमाडौं, जेठ ४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उहाँ भुटानी शरणार्थीको रूपमा नेपालमा रहनुभएको छ । 

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । 

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । 

नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ । 

नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ । 

यो पनि पढ्नुहोस