प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
तापक्रम ४४ डिग्री पुगेपछि गरियो ‘इन्द्र पूजा’
लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका –१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् ।
राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बोलेरो दुर्घटनामा चालकसहित तीनको मृत्यु
जिल्लाको शुभकालीका गाउँपालिका–६ मा आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद
सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको निधन
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ ।
नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन ।
तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै
यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।
तराईमा गर्मी : विद्यालय बिदा लम्बियो
नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।
जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
आँखाको नानीमा नेपाल आत्मनिर्भर
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैङ्कले बताएको छ।
प्रिन्सलाई कृष्णमोहन स्मृति ब्याडमिन्टन उपाधि
१६औं संस्करणको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
बाह्र हजार पशु ‘लम्पि स्किन’ बाट सङ्क्रमित
प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।
स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे नजिकै बिहीबार अपराह्न भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
अवैध मल नियन्त्रणमा अवरोध, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
सर्लाहीको धनकौल गाउँपालिका –७, बैरिया टोलमा बिहीबार दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
तराईमा तातो हावा, जनजीवन कष्टकर
सर्लाहीसहित तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लू’ नरोकिँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश, साइबर ब्यूरोबाट अनुसन्धान सुरु
केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
एक सय बढीका सामानमा अनिवार्य भन्सार
उद्योगी व्यवसायीको व्यापक दबाबपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।