उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो ।
तनहुँमा चितुवा आतङ्क : ६ वर्षमा १४ बालबालिकाको मृत्यु
तनहुँमा नरभक्षी चितुवाको आक्रमणमा परेर ६ वर्षमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले धेरै आतङ्क मच्चाएको छ ।
दार्चुलाको हिम पहिरोमा हराएका पाँच जनाको परिचय खुल्यो
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।
यातायातका उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ।
क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।
रास्वपा सभापति लामिछानेका सवारी चालकको मृत्यु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।
बेलहिया नाका मङ्गलबारदेखि ४८ घण्टा बन्द हुने
भारतको उत्तर प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर आज मंगलबार साँझदेखि रुपन्देहीको बेलहिया नाका बन्द गरिँदैछ ।
राष्ट्रपति पौडेलद्वारा उपचार खर्च आफैँले व्यहोर्ने इच्छा व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको उपचार खर्च आफैँले व्यहोर्ने हुनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
नेपाललाई युएईको एक सय १८ रनको सामान्य लक्ष्य
एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताउनु भएको छ ।
सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।
रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ।
'महावीर पुनका माग सम्बोधन गर्न सरकार तयार छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ।
प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो ।
सरकार ढल्छ भन्नु भ्रम: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो ।
चीनतर्फका नाका खुला हुने
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् ।
लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने
लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा परेको हो। आयोगले दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान गरी थप दस्तुर तिर्न नपर्ने गरी पुनः दरखास्त दिन आह्वान गर्दै यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने भएको हो।
स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता
भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्कनु भएको छ ।
किसान श्रीराम घिमिरेको अनशन तोडियो
काठमाडौंको भूगोलपार्कमा आमशरण अनशनमा बस्नुभएका नुवाकोट ककनीका किसान श्रीराम घिमिरेले अनशन तोड्नु भएको छ ।
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
संखुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।
राष्ट्र बैंकले अमेरिकी डलर सटहीको सीमा बढायो
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो।