• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराती

blog

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पर्यटनमन्त्री किरातीले यस्तो बताउनुभएको हो ।

पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष भएको र शान्ति स्थापना भएको बताउनुभयो । उहाँले भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताउनुभयो ।

‘‘अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सङ्घर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना छ । हाम्रो भूगोल सानो छ । उत्तर दक्षिणतर्फ हाम्रा ठुला देशहरू छन् ।,’’ पर्यटनमन्त्री किरातीले भन्नुभयो, ‘‘तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईँहरूले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।’’

मन्त्री किरातीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारविरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताउनुभयो ।