सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ ।
प्रशासकीय अधिकृत नहुँदा लमही नगरपालिकामा कामकाज ठप्प
दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ ।
तराई मधेशमा गर्मीका कारण जनजीवन प्रभावित
तराई मधेशका सप्तरीलगायतका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठक सुरु भएको हो ।
एकै गाउँका तीन किशोरी तीन दिनदेखि बेपत्ता
कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन ।
महानगरले सुरु गर्यो काठमाडौँको तार व्यवस्थापन कार्य
काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमबार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो ।
बजेटका सिद्धान्त र प्राथमिकता पेस
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुभएको छ । बजेट अधिवेशन प्रारम्भ भएकै दिन सरकारका तर्फबाट मन्त्री महतले कर प्रस्तावबाहेकको सिद्धान्त र प्राथमिकता पेस गर्नुभएको हो । प्रस्तावमा सोमबारदेखि तीन दिनको छलफलको समय तोकिएको छ ।
अविचलित यात्रा र अठोट
१२३ वर्षअघि आजैको दिन नेपाली समाजमा चेतनाको एउटा दियो बलेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको थियो। अनुदार शासन र पुरातनवादले जकडिएको त्यस्तो असहज परिवेशमा जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाश
गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष
सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी हुनुहुन्छ।
सडक आश्रित मानव मुक्त नेपाल बनाउने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
घर निर्माण गर्ने क्रममा पुरिएर चारजनाको मृत्यु
इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ ।
आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ।
खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु : खेलकुद मन्त्री लिम्बु
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ।
न्याय चुस्त बनाउने मेरो पहिलो प्राथमिकता : मन्त्री गुरुङ
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन हुँदैन : अध्यक्ष ओली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने
यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको बताउनुभएको छ।
राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।
एमाले सचिव टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।