• १३ साउन २०८१, आइतबार

ललिता निवास प्रकरणमा पाँचजना पक्राउ

blog

काठमाडौं, असार १२ गते । चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार, गुरुङसहित पाँचजना पनि पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम छन् । उनीहरूलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी प्रवक्ता कडायतले गोरखापत्र अनलाइनलाई दिनुभयो । 

उनीहरूलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी) ले मङ्गलबार पक्राउ गरेको हो ।