परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गर्नुभएको छ।
संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (शुक्रबार) भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रोक्ने सरकारको निर्णय
सरकारले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ ।
कांग्रेसले भुटानी शरणार्थी अनुसन्धानलाई सघाउने
नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।
यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने
यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ ।
चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट
नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट
अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ।
रायमाझी बिरामी भएको पत्र सङ्घीय संसद् सचिवालयमा
भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउनुभएको छ।
सचिव रायमाझीलाई एमालेले गर्यो निलम्बन
नेकपा (एमाले)ले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी महासचिव शंकर पोखरेलले रायमाझी निलम्बनमा पर्नुभएको जानकारी दिनुभएको हो ।
नक्कली शरणार्थीको अनुसन्धान रोकिनु हुँदैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे
खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।
आगोले जलेर ४ जनाको मृत्यु
आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
कृषि बाली बिमाप्रति छैन किसानको आकर्षण
सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
रायमाझी अनुसन्धानलाई सघाउने एमालेको निर्णय
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने प्रकरणमा मुछिनुभएका पार्टी सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बसेको थियो ।
दमकमा प्रहरी र प्रर्दशनकारीबीच झडप: केही सुरक्षाकर्मी घाइते
कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ। प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन्।
एकसाथ ४४ जना सहसचिवको सरुवा
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ
प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ।
पार्टी एकताबारे नेपाल र गौतमबीच छलफल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।