• ६ वैशाख २०८१, बिहिबार

स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो

blog

आक्रोशित भिडले बसमा गरेको आगजनीपछि नियन्त्रणमा लिइँदै । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल

इटहरी, जेठ २५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे नजिकै बिहीबार अपराह्न भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो । मृतक पुरुष रहेको तर निजको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बस चालकले लापरबाहीपूर्वक बस चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीय भिडले बसमा आगजनी गरेका छन् । बसमा लगाइएको आगो उर्लाबारी नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिए पनि बस जलेर नष्ट भएको छ ।