हुम्लाबाट एक करोडको स्याउ निकासी
हिमाली जिल्ला हुम्लाबाट एक करोडको स्याउ जिल्ला बाहिर निकासी भएको छ । खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै सो मूल्य बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको हो ।
कृषि बजारमा विषादी मापन गर्ने उपकरण जडान
धरान उपहानगरपालिका १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ ।
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
तनहुँमा उन्नत बोका प्रदर्शनी सुरु
तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ ।
विद्यालयको स्रोत जुटाउन तरकारी खेती
रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै तरकारी खेती गरेर आर्थिक स्रोत जुटाउन अभियान नै थालिएको छ ।
बाँझो जग्गामा बाह्र लाखको किवी
बर्सौंदेखि वनमाराले ढाकेको शिरकोटको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
किसानलाई कृषि सामग्री प्रदान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।
खुर्सानी खेतीबाट लाखौँको आम्दानी
व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ ।
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई
कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो ।
आलुमा कीटनाशक औषधी छर्किदै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान डढुवा रोगबाट आलु जोगाउन कीटनाशक औषधी छर्किदै । हुस्सु र कुहिरो लाग्न थालेपछि शितलहरले आलुको बोट मर्नेगर्छ ।
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् ।
लमजुङमा बढ्यो धान उत्पादन
लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
सामाजिक सञ्जालको सदुपयोग गर्दा...
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।
दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
विषादी प्रयोगमा कमी
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको छ ।
गण्डकको पानीले सिँचाइ सहज
पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब अठार हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
हिउँदे बालीलाई अभाव नहुने
यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।
विदेशी बजारमा कर्णालीको अदुवा
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन
तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।
पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड कृषि अनुदान रकम वितरण
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताउनुभएको छ ।
पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती
उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् ।
उखुमा आत्मनिर्भर बन्दै किसान
उखु खेती गर्न दुःख हुँदा चाहेर पनि धेरै उत्पादन गर्न नसकिएको उहाँले सुनाउनुभयो । "उखु लायो, खुदो बनाउनै दुःख छ । खुदो पकाउन रातभरि बस्नुपर्दा निकै गाह्रो हुने गरेको छ," अधिकारीले भन्नुभयो।