निशा राई
धरान, माघ ४ गते । धरान उपहानगरपालिका १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ । आम नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छ फलफूल तथा तरकारी उपलब्ध गराउने अभिप्रायले धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघाले विषादी मापन गर्ने प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
यो प्रयोगशाला निर्माणपश्चात धरान तथा धरान बाहिरका उपभोक्ता सर्वसाधारणले विषादीयुक्त कृषि सामाग्री प्रयोगमा कमी आउने उद्घाटन समारोहलाई सम्बोधन गर्दे उपप्रमुख बेघाले बताउनुभयो ।
“प्राविधिकले कृषिजन्य सामाग्री टेष्ट गरेको एक घण्टामा खानयोग्य वा अयोग्य पत्ता लगाउने भएकोले यो प्रयोगशाला अत्यन्तै प्रभावकारी हुने” उहाँले बताउनुभयो ।
विषादी प्रयोगमा नियन्त्रण गर्दै उपभोक्ता समक्ष स्वच्छ फलफूल तथा तरकारी पु¥याउने उद्देश्यले नेपाल सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत द्रुत विश्लेषण प्रयोगशाला इकाई धरान स्थित कृषि बजारमा सञ्चालनमा आएकोे प्रयोगशालाका प्राविधिक रुपक रिजालले बताउनुभयो ।
कृषकले उत्पादन गरेको कृषि सामाग्रीमा कति विषादी हालेको छ भन्ने कुरा यो प्रयोगशालाबाट चेकजाँच गरेपछि तुरुन्त थाहा हुने जनाइएको उहाँले बताउनुभयो । यस प्रकारको प्रयोगशाला मुलुकमै पहिलो पटक २०७१ सालमा काठमाण्डौ स्थित कालीमाटीमा सुरुवात गरिएको थियो । अहिले धरानसँगै देशका १२ स्थानका तरकारी बजारमा यो प्रयोगशाला सञ्चालनमा आएको प्राविधिक रिजालले बताउनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गका बरिष्ठ बाली संरक्षण अधिकृत कृषकहरुले अज्ञानताका कारण विषादी प्रयोग गर्नै क्रम बढेकाले न्यूनिकरणका लागि त्यस्ता कृषि क्षेत्रको पहिचान गरी सोही स्थानमा पुगेर सचेतना कार्यक्रमको आयोजना गरिने उहाँले बताउनुभयो ।
प्रयोगशालासँगै कृषि बजारमा आएका कृषि सामाग्रीको विषादी चेकजाच गर्दै कृषकलाई विषादी विष हो औषधी होइन भन्ने कुरालाई मनन गराउन सचेतना कार्यक्रमको आयोजना गरिने कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
कृषिजन्य सामाग्रीमा विषादीको प्रयोग बढ्दै गएकोले न्यूनिकरण वा नियन्त्रण गर्न नसकेको खण्डमा भविष्यमा यसले सर्वसाधारणमा स्वास्थ्यमा समेत समस्या बनाउने भएकोले कृषि उपज बजारमा सञ्चालन भएको प्रयोगशालाले धरान लगायत आसपासका सर्वसाधारणले स्वस्थ सागसब्जी तथा फलफूल खान पाउने भएका छन् । यसले कृषिजन्य वस्तुमा प्रयोग गरिँदै आएको विषादी न्यूनिकरणमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा समेत रहेको बजार व्यवस्थापक भट्टराईले बताउनुभयो ।
पछिल्लो समय छोटो समयमा धेरै खाद्यन्न उत्पादन तथा फलफुलहरु फलाउनलाई विभिन्न औंषधीहरु प्रयोग भईरहेको छ जसले गर्दा दिनप्रतिदिन विषादीयुक्त फलफूल तथा तरकारीजन्य वस्तुको प्रयोग बढिरहेकोले यस उपकरणको जडान पश्चात सर्वसाधारण उपभोक्ताले स्वच्छ फलफूल तथा सब्जी प्रयोग गर्न पाउने प्रयोगशालाका प्राविधिक रिजालले जानकारी दिनुभयो ।