हल गोरु पाल्ने कृषकलाई अनुदान
यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।
राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन
नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् ।
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आउनुभएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आउनुभएको छ ।
मुस्ताङमा स्याउखेती विस्तार
गण्डकी, माघ २९ गते । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो । अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन् । मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ । किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताउनुभयो । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँच सय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ । विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ । स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई वटा चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिमा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ । किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् । उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढेपछि मुस्ताङमा मुस्ताङमा स्याउको क्षेत्रफल विस्तार भएको हो । रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने कृषि अधिकृत नेपालीले बताउनुभयो । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि रु एक हजार दुई सयसम्म मूल्यपर्ने जनाउँदै केन्द्रका कृषि अधिकृत नेपालीले बताउनुभयो । बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । उक्त प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो । थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो । गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ । एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताउनुभयो ।
भुइँ ऐँसेलुको व्यावसायिक खेती
बाँके जिल्लामा पहिलो पटक भुइँ ऐँसेलु (स्ट्रबेरी) व्यावसायिक खेती सुरु भएको छ । बैजनाथ गाउँपालिका–१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले त्यस्तो खेती सुरु गर्नुभएको छ ।
तिस हजार टन युरिया आयातको टेन्डर
आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।
सप्तरीमा ५ हजार २ हेक्टरमा मकै खेती
सप्तरीेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।
बाँकेमा ९५ हेक्टरमा हिउँदे मकै खेती
बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सुन्तला खेतीमा जलवायु परिवर्तनको प्रभाव
सुन्तला उत्पादन हुन छाडेपछि अलिअलि भएको बोट मासेर अन्य बाली तर्फ लागेको अर्का स्थानीय सरोज आठपहरीया बताउनुहुन्छ ।
ठाकुरबाबा नगरपालिकाले ‘काला नमक’ धानको संरक्षण गर्दै
कुनै समयमा थारू समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रर्वद्धनको सुरुवात गरेको छ ।
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र
यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।
जनताको काम सकेर कृषिमा
यहाँका एक वडाध्यक्ष जनताको सेवाका साथै कृषि पेसामा रमाउँदै आउनुभएको छ ।
कृषि विद्युतीकरण अलपत्र
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सिँचाइका लागि गरिएको कृषि विद्युतीकरण लामो समयदेखि अलपत्र रहँदा किसान मारमा परेका छन् ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
गभारो किराको प्रकोपले मकै किसान चिन्तामा
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिकरूपमा गरिएको मकै खेतीमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् ।
जुनार खेतीमा जङ्गली जनावरले दुःख दिएको कृषकको गुनासो
रामेछापका जुनार कृषकहरूले जुनार खेतीमा पनि बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिन थालेको गुनासो गरेका छन् । पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको कृषकहरूको गुनासो छ ।
कृषि ऐन ल्याउने सरकारको तयारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ ।
कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् ।
औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।
जगतबहादुरको निवृत्त जीवन सुन्तला खेतीमा
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।
अनुदानमा मकैको बीउ वितरण गरिने
गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।