किसान परिचयपत्र वितरण
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बजार क्षेत्रका गैह्र किसानहरूले बजारका जुनसुकै ठाँउमा बसेर तरकारी बिक्री गर्न थालेपछि उत्पादन गर्ने किसान मारमा पर्न थालेपछि किसान परिचय पत्र वितरण गरिएको बताउनुभयो ।
आँपमा लागेन मञ्जर
रौतहटको विभिन्न गाउँका आँप बगैँचामा अहिलेसम्म मञ्जर लागेको नदेखिएपछि कृषक चिन्तित भएका छन् ।
चार रुपियाँ किलोमा गोलभेँडा
यहाँको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो चार रुपियाँमा झरेको छ । यसरी गोलभेँडाले मूल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । लोकल जातको गोलभेँडा प्रतिकिलो चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकिलो छदेखि आठ रुपियाँमा बिक्री भइरहेको छ ।
अलपत्र बँदेल र बङ्गुर क्रस योजना
कविराज घिमिरे हिले, फागुन ७ गते । बँदेल र बङ्गुरलाई क्रस गराई नयाँ जातको विकासको लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ को दफा १०.७.४ अनुसार, नस्ल सुधारको लागि स्थानीय तथा जङ्गली जातबिच क्रस गराउने अनुमति दिइएको छ । जहाँ बँदेल र बङ्गुरबिच क्रस गराउन पाइने उल्लेख छ । तर नीति जारी भएको तिन वर्ष बित्न लाग्दासमेत कार्यविधि नबन्दा अनुसन्धान कार्य नै अघि बढ्न सकेको छैन । बङ्गुर अध्ययन तथा अनुसन्धानको जिम्मा पाएको देशको एक मात्र राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, पाख्रीबास धनकुटाले कार्यविधि नबन्दा अनुसन्धानको काम अघि बढाउन नसकिएको जनाएको छ । केन्द्रका प्रमुख डा. मनोजकुमार शाहका अनुसार केन्द्र यो अनुसन्धानका लागि तयार रहे पनि कसरी गर्ने बँदेल कहाँबाट ल्याउने भन्ने कार्यविधि नहुँदा समस्या छ । “हामी प्राविधिक पूर्वाधार सम्पूर्ण रूपले तयार छौ, यो अनुसन्धान गर्न सके देशले एउटा नयाँ जात पाउने थियो कृषक थप व्यावसायिक बन्ने थिए तर अहिलेसम्म काम अगाडि बढाउन पाएका छैनौं” शाह भन्नुहुन्छ ।बँदेल र बङ्गुर क्रस गराउँदा छिटो वृद्धि हुने जात विकास, मासु उत्पादनमा वृद्धि, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने, कृषकको आम्दानी वृद्धि गर्ने एक नयाँ उन्नत जात उत्पादन हुनेछ । जसले नेपालका कृषकलाई प्रत्यक्ष लाभ पुर्याउनेछ । नेपालमै विकास भएको नयाँ जातले मासु उत्पादनमा आत्मनिर्भरता ल्याउन मद्दत गर्ने जनाइएको छ । नेपालको मासु उत्पादन र व्यावसायिक बङ्गुर पालनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने जानकारहरूको भनाइ छ । त्यसो सरकारले राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ जारी गर्दा उत्साहित भएको कृषकमा अहिले भने यो नीति कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता देखिन थालेको छ । प्रजनन नीति जारी भएको तिन वर्ष बित्दा पनि काम सुरु नभएकाले यो नीति नीतिमै मात्र सीमित हुने कार्यान्वयन नहुने अवस्था आएको बङ्गुर व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष रुझान राईको भनाइ छ । “नीति त आयो केही होला भन्ने आशा पलाएको थियो तर अहिलेसम्म यसको अनुसन्धान अघि बढ्न नसकेको भन्ने बुझेका छौं यो दुःखद छ । यो चाँडो सुरु हुनुपर्छ” राई भन्नुहुन्छ । यो नीति कार्यान्वयनमा आएर नयाँ जात सिफारिस भएको त्यो जातले उपभोक्ता बढ्ने कृषक तथा व्यापारीको भनाइ छ । स्थानीय कृषक दिलकुमार देवानका अनुसार स्थानीय जात नमासी बँदेल र बङ्गुर क्रस गराई नयाँ जाति भित्र्याउन आवश्यक छ । नेपालमा बँदलेको मासुको माग उच्च छ । तर बँदेल चोरी सिकारी तथा मासु उपभोगमा प्रतिबन्ध छ । यो अनुसन्धान हुन सके कृषकले त्यसको फाइदा लिन सक्ने बताइन्छ ।
किसानलाई अनुदानमा १५ सय ओखारका बिरुवा
बागलुङ नगरपालिका ९ तित्याङस्थित जुरेढुंगा कृषक समूहमा आवद्व किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ओखरका बिरुवा वितरण गरिएको छ ।
कृषकलाई मौरीको घार र बङ्गुरको पाठा वितरण
गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटका महिला कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको छ ।
फिदिममा चिया प्रवर्धन गर्न महोत्सव
पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिँदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न फिदिममा चिया महोत्सव आयोजना गरिएको छ ।
श्रीलङ्का टापुको उत्पादनले भारतीय गोलभेँडा प्रतिस्थापन
डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा अहिले गोलभेँडा धेरै उत्पादन हुन थालेको छ । अहिले श्रीलङ्का टापु क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा पुर्याइने गरेको छ ।
चिया नबिक्दा किसान चिन्तित
ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मेहनत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
करोडौं खर्च गरी बनाइएको कोल्ड स्टोर भएन सञ्चालन
२०७७ मा निर्माण सम्पन्न भएको थियो माण्डवी गाउँपालिका –३ देवीस्थानको चिस्यान केन्द्र । लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको लागत साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । उक्त चिस्यान केन्द्र हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
नर्सरी व्यवसायका ‘हनुमान’ रामबलेस
नर्सरी व्यवसायको हुनमान भनेर चिनिने गौशाला–३ इटाटारका किसान रामबलेस साह मिहिनेतले माटोमै सुन फलाउन सकिने उदाहरणीय व्यक्तित्व समेत बन्न सफल हुनु भएको छ ।
बगरमा प्याज खेती गर्दै किसान
कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् ।
चिया बिक्री नहुँदा किसान मर्कामा
ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मिहिनेत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
मौरीको गोला बिक्रीबाट वार्षिक दुई करोड बढी आम्दानी
मौरीको गोला बिक्री गरेर पाल्पाका किसानले वार्षिक दुई करोड बढी आम्दानी गर्न सफल भएका छन् ।
कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यावसायी
काठमाडौँमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो’ आइतबार सम्पन्न हुँदैछ ।
तरकारीखेतीबाट सात लाख आम्दानी
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ ।
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।
५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ ।
सामूहिक रूपमा गहुँखेती
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए ।
उखु खेती घट्दै
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरले क्षति गर्ने र मिहिनेत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भएको हो ।
खेतीयोग्य जमिन बाँझो राखे जरिवाना
फुङ्लिङ, फागुन २ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राखे जरिवाना लाग्ने भएको छ । पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा जरिवानाको व्यवस्था गरेको हो ।यस्तै जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई समेत सजाय र जरिवानाको व्यवस्था गरिएको छ । जस अनुसार खेतीयोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ । विधेयकमा खेतीयोग्य जमिन हो की होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । खेतीयोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ ।विधेयक अनुसार जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एक सय रुपियाँ जरिवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी वा, करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित सङ्घीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपियाँ जरिवाना लिने पालिकाले जारी गरेको विधेयकमा उल्लेख गरिएको छ ।
किवी भण्डारणमा समस्या
दोलखाको शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गर्नुभएको छ ।
मलको कालोबजारी रोक्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको कालोबजारी रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
बेसीसहरमा ‘किसान घर’ सञ्चालन
बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेशा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।