अकबरे खोर्सानी खेती
पथरी, पुस २८ गते । भाेजपुरका किसानले व्यावसायिक रुपमा गरेको अकबरे खाेर्सानी खेती । पछिल्लो समय बजारमा अकबरे खोर्सानीको माग बढ्दो छ । तस्बिरः रासस
स्मार्ट कृषि गाउँ कार्यक्रम, प्रदेश सरकारको करोडौं लगानी
ऐरावती गाउँपालिका ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
विषादीयुक्त टाटेसिमी नष्ट
काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ ।
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन् ।
मधेशमा धान उत्पादन वृद्धि
मधेश प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्ये आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।
पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
धान खेतीको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
किसानलाई तरुल बेच्न भ्याईनभ्याई
नवलपुरका किसान तरुल खन्न र बिक्री गर्न व्यस्त छन् ।
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो ।
रिडीमा कृषि मेला प्रदर्शनी हुने
गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ ।
माघे सङ्क्रान्तिका लागि तरुलको व्यापार (फोटो फिचर)
माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार भरिन थालेको छ। उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालुलगायतका वस्तुको व्यापार पनि बढ्न थालेको छ।
कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ ।
वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरले व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले वडामै च्याउ खेती गरी बिक्री वितरण सुरु गरेको छ ।
सखरखण्ड खेतीबाट राम्रो आम्दानी
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त हुनुहुन्छ ।
बजार सहज बनाउन माग
धनकुटाका व्यावसायी तथा उद्यमीले सेवा तथा उत्पादन भन्दा अनुदानका लागि फार्म सञ्चालन गर्ने क्रम बढेको गुनासो गरेका छन् ।
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।
किसानलाई प्रतिफलको आधारमा प्रदेश सरकारको अनुदान
“प्रदेश सरकारले खसीबोका विक्री गर्दा अनुदान दिएको छ,” उहाँले भन्नुभयो, “हामीलाई खुशी लागेको छ ।” आफूले गरेको व्यवसायमा सहयोग र हौसला मिलेको उहाँको भनाइ छ ।
सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
नवलपरासी आलुमा आत्मनिर्भर
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो ।
बिदेशबाट फर्केर कृषि कार्यमा जमेका कृषक
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
जैविक मल उत्पादनमा जोड
रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ ।
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधिको प्रयोग
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ ।