कर्णालीमा कृषिको क्षेत्रफल बढ्यो
आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ९उत्पादकको मूल्यमा० तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०र८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
विदेश छाडेर पशुपालनमा रमाउँदै दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ ।
गहुँ खेती छाडेर तोरी खेतीतिर आकर्षित
छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् ।
नवलपुरमा धान उत्पादनमा कमी
नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ ।
सामूहिक तरकारीखेती गर्दै सिसवोनीका दलित महिला
सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ ।
स्थानीय जातको आलु उत्पादनमा कृषक
बाजुराका अधिकांश किसानले पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिन थालेका छन् ।
धान नहुने खेतमा बदाम
धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् ।
वीरगञ्जबाट धानचामल आयात बढ्यो
चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
अर्गानिक उत्पादनको गाँउ बन्दै भट्टे
लसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँ तुलसीपुर बजारदेखि करिब ८ किलोमिटर पश्चिम दक्षिणमा छ ।
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।
आन्दोलनको नाममा कृषि उत्पादन सडकमा नफाल्न आग्रह
नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृति बढ्दै गएको बताउनुभएको छ ।
म्याग्दीको केराखेती
म्याग्दी, पुस १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको केराखेती । खबराबाट वार्षिक रु. दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ । तस्बिरः रासस
तोरी उत्पादन बढ्ने आशा
यतिबेला नवलपरासीपूर्वमा जताततै पहेँलपुर भएर लहरै तोरी फुलेको दृश्यले सबैलाई लोभ्याउँछ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास
छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्।
जलवायु परिवर्तनको मारमा मनाङका किसान
जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् ।
विद्यार्थीद्वारा उत्पादित तरकारी दिवाखाजामा प्रयोग
पछिल्लो समय सामुदायिक विद्यालयले दिवाखाजामा विद्यालयकै करेसाबारीमा उत्पादित तरकारीको प्रयोग गर्ने गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरभित्र रहेका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका अर्गानिक तरकारीको प्रयोग बढाएका छन् ।
बाह्र सय क्विन्टल कोदो निर्यात
बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ ।
स्याङ्जाबाट एक अर्ब १२ करोडकाे सुन्तला बिक्री
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कृषकको तथ्याङ्क सङ्कलन गरिँदै
गुल्मीको इस्मा गाउँपालिकाले कृषकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । यस गाउँपालिकाका वडा नम्बर–१, ३, ५ र ६ का किसान सूचिकरण कार्यक्रमअन्तर्गत कृषकको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । गतवर्ष वडा नम्बर–२ र ४ का कृषकहरुको तथ्याङ्क सङ्कलन गरिएको थि