• २३ पुस २०८१, मङ्गलबार

उत्पादन बढे पनि घटेन चामल आयात

blog

काठमाडौँ, पुुस २१ गते । यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।

धानको उत्पादन बढ्दा पनि धान र चामल दुवैको आयात पनि बढेको छ । चालुु आव २०८१-८२ को पाँच महिनामा करिब सात अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुुसार चालुु आवको साउनदेखि मङ्सिरसम्म छ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपियाँ बराबरको ७९ हजार ४११ मेट्रिक टन चामल आयात भएको छ । त्यस्तै सोही अवधिमा छ अर्ब ५९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ६३ हजार ७०१ मेट्रिक टन धान आयात भएको छ । 

मुलुकमा माग अनुुसार धानको उत्पादन नहुुँदा बर्सेनि अर्बौं रुपियाँ बराबरको चामल र धान भारतसँगै अन्य मुलुकबाट आयात भइरहेको तथ्याङ्कले देखाएको छ । खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा जाँदा गाउँमा अधिकांश जग्गा जमिनहरू बाँझै हुुन थालेका छन् । 

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुुुमुुद दुुगडले स्थानीय उत्पादनले माग धान्न नसक्नुुका साथै खानेबानीमा आएको परिवर्तनका कारणले पनि चामल आयात हुने गरेको बताउनुुभयो । मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारण चामलको आयात बढेको उहाँको भनाइ छ । सरकारी तथ्याङ्कले धानको उत्पादन बढेको देखाए पनि बजारमा मिल सञ्चालनका लागि धान नपाउँदा आयात गर्नुु परेको उहाँले जानकारी दिनुभयो । उपभोक्ताले मसिनो जिरा बास्नादार चामलको उपभोग गर्ने हुुँदा पनि त्यसको आयात धेरै हुने गरेको उहाँको भनाइ छ । 

भन्सार विभागका अनुसार गत आव २०८०-८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन हुुँदा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको ८८ हजार ७२३ मेट्रिक चामल आयात भएको थियो । सो अवधिमा २० अर्ब ७५ करोड रुपियाँको धान आयात भएको थियो ।

यस्तै आव २०७९-८० मा ४९ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँ बराबरको दुुई लाख ३३ हजार ९७९ मेट्रिक टन चामल आयात भएको थियो । 

त्यसअघि आव २०७८÷७९ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएकोमा ३० अर्ब ५८ करोड २३ लाख ५६ हजार रुपियाँ बराबरको पाँच लाख ७८ हजार ७६३ मेट्रिक टन चामल आयात भएको विभागको तथ्याङ्क छ । 

नेपालमा भियतनाम, थाइल्यान्ड, भारत, चीन, कोरिया, इटाली, भुुटान, ताइवानलगायतका मुलुकबाट चामल आयात हुने गर्छ ।