गहुँखेती गर्न रासायनिक मल अभाव
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाउनुभएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सक्नु भएन ।
जुनारले बढायो समृद्धिको यात्रा
आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल ।
ढल्केबरमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा
धनुषाको ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको छ ।
सुन्तलाबाट राम्रो आम्दानी
दाङमा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
अर्गानिक खेती
तेह्रथुम, पुस ९ गते । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डोप्कीलेमा बन्दागोभी स्याहार्दै किसान । यहाँ महिला समूहका ३७ किसानले पाँच वर्षदेखि रासायनिक मल र विषादी प्रयोग नगरी सागसब्जी र फलफूल खेती गर्दै आएका छन् । तस्बिरः रासस
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ ।
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।
प्याज खेतीको तयारी गर्दै कृषक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् ।
अमला बिक्री गरेर आम्दानी गर्दै सामुदायिक वन
अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ ।
नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै
नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
हिउँदे वर्षा नभएपछि किसानमा चिन्ता बढेको छ । हिउँदे बालीका लागि मङ्सिर र पुसको पहिलो सातासम्म पनि पानी नपरेपछि उनीहरू चिन्तित बनेका हुन् ।
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गर्नुभयो ।जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाउनुभएको हो ।
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुन्तलाको बजारीकरणले महिला कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला कृषक बिष्णु घर्ती निक्कै उत्साहित हुनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाए पछि उहाँ उत्साहित हुनुभएको हो ।
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ ।
रामेछापमा धमाधम जुनार बिक्री
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ ।
बागमती प्रदेशमा धान उत्पादन घट्यो
बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु(याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’
केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उहाँले अचेल भने त्यसबाट मुक्ति पाउनुभएको छ । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उहाँको अपेक्षा छ ।
अदुवा जोगाउन भण्डारणगृह
प्युठानमा आधुनिक प्रविधिको अदुवा भण्डारण केन्द्र निर्माण गरिएको छ ।
कालीमाटीको तरकारी खानयोग्य
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।
सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।
किसानलाई अनुदानमा गहुँको बीउ वितरण
गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।
सामुदायिक वनको सामूहिक धानखेती
तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहले सामूहिक रूपमा धानखेती गरेका हुन् ।
उखु रोप्ने तयारी
सुनसरी, पुस ५ गते । सुनसरीको दुहबी नगरपालिका १२, पूर्व कुशाहामा रोप्नका लागि उखुको टुक्रा बनाउँदै किसान । नगदे बाली उखु राम्रो उत्पादन भएमा एक बिघा जमिनबाट खर्च कटाएर दुई लाखसम्म बचत हुने किसान बताउँछन् । तस्बिरः रासस