संघर्ष र तनाउको परिस्थितिले सिङ्गो विश्वलाई भयग्रस्त अवस्थामा पारेको छ । यसबाट उम्किन अझै केही समय लाग्ने छाँट देखिन्छ । स्पष्टै छ, अमेरिका र इजरायल दुवै इरानलाई ध्वस्त पार्ने नियोगबाट पछि हटेका छैनन् । तथापि दुई साताका लागि युद्धविराम भएको छ । अमेरिकी सेनाका वरिष्ठ अधिकृत, जनरल ¥याण्डी जर्जलाई गत हप्ता अवकाश दिइएको घटनाले ट्रम्प प्रशासन अमेरिकी सेनालाई अझै तीव्र गति र आक्रामक शैलीमा तैनाथ गराउन व्यग्र रहेको सङ्केत गर्दछ । यता इरान अमेरिकी शक्तिको प्रतिरोधमा सशक्त रूपले अघि बढ्ने मानसिकतामा छ । यसै कारण पश्चिम एसिया (मध्यपूर्व) युद्धको भुमरीबाट हत्पति निस्कन नसक्ने अडक
राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथिको अमेरिकी सैनिक कारबाही टुङ्ग्याउने चरणमा पुगेको सङ्केत ‘सेतो घर’ बाट प्रवाहित सूचना र टिप्पणीले गरेका छन् । प्रतिरक्षा मन्त्रालय (पेन्टागन) का गतिविधिबारे विवरण दिने अमेरिकी प्रेसले भने त्यो भनाइको पुष्टि गरेको देखिँदैन । उल्टो, सरकार हवाई आक्रमण र नौसेना तैनाथी सँगसँगै अब स्थल–सेनाका सिपाहीलाई इरानको भूमिमै उतार्ने (बुटस् अन द ग्राउण्ड) योजनामा छ भन्ने चर्चा चल्दैछ । हुनसक्छ, यो इरानी नेतृत्वलाई मनोवैज्ञानिक दबाब दिएर थर्काउने तरिका मात्र होस् । तथापि खाडीका देशहरूमा व्याप्त तनाउको स्थिति निकट भविष्यमा टर्नेछ भनेर आश्वस्त हुने बलियो आधार भने देखिए
विश्व–व्यवस्था ८० वर्षपछि कोल्टे फेर्ने चरणमा पुगेको देखिँदै छ । कतै मानचित्रसँग गाँसिएका प्रश्न छन् त कतै स्वस्फूर्त परिवर्तनको पक्षमा जनआकांक्षा प्रकट भइरहेका छन् । कसैका लागि चुनौती छ त कोही अवसरको प्रतीक्षामा होलान् ।
एक्काइसौं शताब्दीमा छ भन्ने मान्यता राख्नेहरूले यसको एक चौथाई कालखण्ड सन् २०२५ को बिदाइ सँगसँगै बितेको अनुभव गरिसके । सुदूर विगत र निकट विगतका विश्वघ
इस्वी सन् २०२५ का आखिरी दिनहरू सकिँदै छन् । नयाँ वर्षको आरम्भको प्रतीक्षा गर्ने क्रममा रहेका देश र समाज बदलिँदो अन्तर्राष्ट्रिय परिवेशबाट आश्वस्त हुने प्रयत्नमा त छन्, तर दिनानुदिनका हलचल र द्वन्द्वले ढुक्क हुन कठिनाइ भइरहेको छ । शान्ति र सद्भावका भाषण एवं सन्देश पूर्व–पश्चिम सबैतिरबाट आउँछन् परन्तु व्यावहारिक रूपमा परिस्थिति सामान्य गराउने पाइला चाल्न प्रभावशाली देश
दक्षिण एसियाको मौजुदा परिस्थितिलाई गत आइतबार पाकिस्तानको ‘डअन’ अखबारले ‘विषाक्त’ भनेर चित्रण गरेको थियो । जग–जाहेर छ, भारत र पाकिस्तान अवस्थित यस एसिया महादेशको यो भूखण्ड सन् १९४७ यता तनाउमुक्त रहन पाएको छैन
नेपाल अशान्त छ, छर–छिमेक पनि आफ्नै प्रकारका खैलाबैलासँग जुधिरहेका छन् । बाख्रालाई उसको सिङ भारी, भैंसीलाई पनि उसैको भारी भनेझैं । दक्षिण एसिया (सार्क) सँग आबद्ध मुलुक अफगानिस्तान सन् २०२१ मा अमेरिकी सेना फिर्ता गएपछि पुनः तालिबानको कठोर शासन बेहोर्न बाध्य छ । बंगलादेश राजनीतिक अस्थिरताको चपेटाबाट उम्किन सकेको छैन । श्रीलंका र माल्दिभ्स पनि स्थिर हुन सकेका छैनन् ।
‘मैले के निर्णय गरेको छु भने फ्रान्सले प्यालेष्टाइन राज्यलाई मान्यता दिनेछ’–यस आशयको उद्घोषणा गर्ने क्रममा राष्ट्रपति इमानुएल म्याक्रोंले साउन ८ गते (२४ जुलाई) के कुरा पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गरिदिए भने मान्यतासम्बन्धी औपचारिकता संयुक्त राष्ट्रसंघको यसै अधिवेशनकालमा पूरा गरिनेछ । ८० औं अधिवेशन मङ्गलबार प्रारम्भिक चरणमा प्रवेश ग¥यो
आउँदो साता विश्वको ध्यान चीनले आकर्षित गर्दैछ । विशेषतः कूटनीति र सैन्यनीति बाक्लो चर्चामा रहने किसिमका दुईवटा कार्यक्रम हुन लागेका छन् । पहिलो हो, सोमबार राजधानी बेइजिङबाट करिब १२० किलोमिटर दक्षिणपूर्वमा अवस्थित तटवर्ती नगर थियान्चीनमा शांघाई सहयोग संगठन (शांघाई को–अपरेसन अर्गनाइजेसन (एस्सीओ) शिखर सम्मेलन आरम्भ । दुईदिने त्यस सम्मेलनको सीधा सरोकार संगठनका १० सदस्य–राष्ट्र, १४ ‘संवाद साझेदार’ मुलुक र दुई पर्यवेक्षक–देश जोड्दा जम्मा २६ देश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेन–रूस युद्धविराम गराउन लागिपरेका देखिन्छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानताका नै डोनाल्ड ट्रम्पले यस्तो बाचा गरेका थिए–म ह्वाइट हाउस (सेतो घर) मा बहाल गरेको २४ घण्टामै युक्रेन–रुस संघर्ष रोकिने छ ।’
दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजधानी रियो द जनेरो ६–७ जुलाई (२२–२३ असार) दुई दिन एउटा विशिष्ट अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा परिणत भएको थियो । ‘ब्रिक्स्’ भनिने समूहका एघारवटा सदस्य–राष्ट्र र नौवटा साझेदार–राष्ट्रका उच्चस्तरीय नेतागण सम्मेलनका सहभागी थिए ।
इजरायल र इरानलाई १२ दिनसम्मको आपसी संघर्षलाई त्यसभन्दा बढी चर्किन नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलले निर्णायक नतिजा निकाल्यो । लडाञीमा संलग्न दुवै पक्ष हानाहानको मोर्चाबाट फर्किन र युद्धविरामको सहमतिलाई लामो समयसम्म टिकाउन असार १० गते (२४ जून) सहमत भएका हुन् । सोचेअनुसार तत्कालको युद्धविराम रोकिएको हुँदा पश्चिम एसियामा दिगो शान्तिका लागि सरोकारवाला पक्षहरू सम्झौता–वार्तातर्फ अग्रसर हुने आशा गर्न सकिन्छ ।
दक्षिण एसिया एकाएक विश्वभर चर्चित भएको एक महिना हुँदैछ ।
गतिशील विश्व व्यवस्था र दिगो विश्वशान्तिका लागि भनेर दोस्रो विश्वयुद्ध (सन् १९३९–४५) को अन्त्यमा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घ ७९ औँ अधिवेशनमा रहेकै बखत पश्चिम एसिया (मध्यपूर्व) मा युद्ध चर्केको छ ।