यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले बुधबार यो वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
केही समय मत्थर बनेको त्रिभुवन विश्वविद्यालय फेरि विद्यार्थी आन्दोलनको मारमा परेको छ । ताला नलगाउन विगतमा सर्वोच्च अदालतले दिएको आदेशको उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल क्रान्ति
तत्काल सङ्घीय शिक्षा ऐन ल्याउन नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरेर भए पनि रोकिएका शैक्षिक प्रशासनसँग सम्बन्धित कामलाई अघि बढाउन लागेको छ ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएको तीन महिना बितिसक्दा पनि अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने विषयमा ठोस प्रगति देखिएको छैन । समितिले त्रिविको जग्गा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाबाट अतिक्रमणमा परेको तथ्यसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन असोज अन्तिम साता सार्वजनिक भएको थियो । प्रतिवेदन कार्यान्वयनका लागि फेरि अर्को समिति बनाउने तयारी भएको छ ।
वैदेशिक शिक्षा स्वदेशमा भित्र्याउने नाममा यहाँ सञ्चालित केही शिक्षण संस्थाले मनपरी रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ । यस्ता केही शिक्षण संस्थाको बदमासीका कारण विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा पढाइ सञ्चालन गरिरहेका समग्र शैक्षिक संस्थाप्रति नै नकारात्मक सन्देश गएको छ । साथै यस्तो बेतिथि रोक्न नसकेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमाथि पनि पटक पटक असन्तुष्टि थोपरिने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले दुई दिनअघि ५१ औँ दीक्षान्त समारोह सम्पन्न ग¥यो । जहाँ २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका ८९ हजार १९१ जना विद्यार्थी दीक्षित भए ।
त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबीमा उत्कृष्ट (स्वर्ण पदक विजेता) भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो ।
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
राजनीतिक र सामाजिक परिवर्तनका नाममा हुने आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । आयोजकले विकासका लागि आन्दोलन गरेकोे दाबी गर्ने भए पनि आर्थिक, सामाजिक र प्रशासनिक हिसाबले भने मुलुकलाई झन् पछि धकेल्ने खतरा बढ्दै गएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार तथा आर्थिक अनियमिततासँग जोडिएका उच्च ओहोदाका व्यक्तिविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिइरहेको छ तर आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामध्ये केही व्यक्ति यस्ता छन्, जो निरन्तर मुद्दामाथि मुद्दा बोकिरहेका छन्, त्यो पनि अर्बौं रुपियाँको बिगोसहित ।
त्रिभुवन विमानास्थल अध्यागमन कार्यालयका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा भिजिट तथा पर्यटन भिसामा विदेश जानेबाट घुसबापत मोटो रकम लिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्नेसमेत बताउनुभएको छ ।
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि थुप्रै प्रयास भए पनि देखिने गरी परिणाम आउन नसकेको आमगुनासो छ तर पछिल्ला दिनमा भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक तथा प्रशासनिक क्षेत्रका पदाधिकारीलाई पनि भटाभट छानबिनको दायरामा ल्याउन थालेपछि मुलुकमा सुशासनको सङ्केत देखिन थालेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्वमन्त्री, पूर्वसचिव, पूर्वसहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ ।
नेपालमै पहिलो पटक आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले अत्यास लाग्दो जामबाट यात्रुलाई मुक्ति मात्र दिने छैन, आधुनिक इन्जिनियरिङमा चासो र चिन्ता राख्ने अध्येताहरूलाई नवीन ज्ञानसमेत दिइरहेको छ ।