नेपालको हवाई आकाश सुरक्षित बन्दै गएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षासम्बन्धी नियमन निकाय आइकाओले गरेको सम्परीक्षण (अडिट)का आधारमा नेपाली आकाश सुरक्षित रहेको जनाइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गरिने भएको छ । केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेको र प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएपछि बन्द गर्न लागिएको हो । १४ वर्षअगाडि स्थापना गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । तीन वर्षदेखि कुनै पनि चल्ला नकोरलेपछि
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मैले अहिले चलाइरहेको आइफोन नै हो । यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? मोबाइल फोन र पैसा लिएर जान्छु । तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ? मसँग त्यस्तो गर्व लाग्ने सामान केही छैन ।
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १४ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापनसम्बन्धी चुनौती एकपछि अर्को गर्दै थपिन थालेका छन् । निर्वाचन सुरक्षामा राजनीतिक दल र कार्यकर्ता मुख्य चुनौतीका रूपमा देखिएको सुरक्षा अधिकारी बताउँछन् । यही ३० गते हुने निर्वाचनका लागि सोमबार र मङ्गलबार उम्मेदवारी मनोनयन पत्र दर्ता सम्पन्न भएको छ । नेपाल प्रहरीका अनुसार उम्मेदवारी मनोनयन पत्र दर्ताकै क्रममा एक दर्जन स्थानीय तहहरूमा दलकै कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ– निर्वाचनको सुरुवाती चरणमा नै कुटाकुट हुनु राम्रो होइन । निर्वाचनमा होमिएका पक्ष–प्रतिपक्षभन्दा दलभित्रकै गुटबीच कुटपिटका घटना भएको उहाँले स्मरण गराउनुभयो । मुलुकमा गणतन्त्र आइसकेपछि एक अर्को पार्टी र कार्यकर्ताबीचको झगडा भने घट्दै गएको पाइन्छ । यसमा राजनीतिक चेतना र शिक्षासँगै कठोरता हट्दै गएको देखिएको भन्दै उहाँले थप्नुभयो– “अहिलेसम्म कति जना घाइते भइसक्थे होलान् । तर त्यस्तो अप्रिय घटना भएको छैन । यसमा सुरक्षाकर्मीले अपनाएको उच्च सुरक्षा सतर्कता पनि महìवपूर्ण पक्ष हो ।” उम्मेदवारी मनोनयन पत्र दर्तादेखि चुनाव प्रचारप्रसार तथा सभासमारोहका क्रममा हुनसक्ने सम्भावित झडप, कुटाकुट, मतदानको दिन मतदातालाई तर्साउने, दबाब दिने, फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने जस्ता चुनौती चुनावमा देखिन्छन् ।“यस्ता विषयका सम्बन्धमा शान्तिसुरक्षा चुनौती विश्लेषण मतदान स्थलमै तत्कालै गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ,” उहाँले सुझाव दिँदै भन्नुभयो– “मतदानअघि गरेको सुरक्षा चुनौती विश्लेषणले कहिलेकाहीँ धोका दिनसक्छ ।” त्यस्तै मतगणनाका क्रममा मतपत्र च्यात्ने, चपाउने, मसी छर्किने, जबर्जस्ती बदर गराउने, मतपेटिका तोडफोड गर्ने, निर्वाचान टोली र सुरक्षाकर्मीमाथि धावा बोल्ने, वैध तथा अवैध हतियार देखाई मतदाता तर्साउने जस्ता चुनौती दोहोरिन दिन नहुने सुझाव उहाँको छ । “निर्वाचनलाई शान्त, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलको नै मुख्य जिम्मेवारी हुन्छ,” सुरक्षा विश्लेषक नारायणबाबु रेग्मी भन्नुहुन्छ– “पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ ।” प्रजातन्त्र र लोकतन्त्रको सुनौलो पक्ष यही हो, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आवश्यक छ । आस्था, विचार र पार्टी फरक भए पनि नेता कार्यकर्ताहरूबीच दुस्मनी साँध्ने काम सुरक्षा चुनौतीका रूपमा देखिएको उहाँले बताउनुभयो । निर्वाचन आयोग र सुरक्षा निकायहरूको भूमिका प्रभावकारी बनाउन दलहरू नै जिम्मेवार र प्रतिबद्ध हुन जरुरी छ । उहाँका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयमा प्रतिबद्धता, राजनीतिक इमानदारी र आचरण सुधार जरुरी छ । निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल आसन्न स्थानीय तह निर्वाचन स्वच्छ, शान्त, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय, राजनीतिक पार्टी, नागरिक समाज, पर्यवेक्षकलगायत सबैसँग सहयोग गर्न आह्वान गरिएको बताउनुभयो ।
भनिन्छ, एउटा फोटोले हजार शब्दको बयान गर्छ । त्यो शब्द बयान गर्न एक फोटोपत्रकारले गरेको मेहनत भने कसैले देखेको हुँदैन । त्यही मेहनतलाई प्रस्तुत गर्ने फोटोपत्रकार क्लबको आयोजनामा ‘लेन्सबाट फोटो पत्रकारिता’ शीर्षकमा फोटा प्रदर्शनी गरिएको छ ।
सन् २०१८ को तथ्याङ्क हेर्दा विश्वमा करिब १६ लाख मानिस मूत्रथैलीको क्यान्सरबाट पीडित थिए । बर्सेनि करिब साढे पाँच लाख मानिसलाई यो क्यान्सर लाग्दछ भने करिब दुई लाख मानिसको यसकै कारण मृत्यु हुन्छ । प्रायः ६५ देखि ८५ वर्षको उमेर समूहका मानिसमा यो क्यान्सर लाग्ने गरेको पाइएको छ । तुलनात्मक रूपमा पुरुषवर्ग यस क्यान्सरबाट पीडित हुने गरेका छन् । दक्षिणी तथा पश्चिमी युरोप एवं उत्तर अमेरिकाका बासिन्दामा यो क्यान्सर बढी लाग्ने गरेको पाइएको छ ।
प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’ को चर्चा हुन्थ्यो । जसले समुद्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन् । इरोसलाई राम्रो यौन सम्बन्धको प्रतीकका रूपमा बुझ्ने गरिन्थ्यो । यसै प्रतिकात्मक पौराणिक श्रुतिबाट ‘अफरोडिसिक’ अर्थात् यौनशक्तिवद्र्धक र बलवद्र्धक खानेकुराहरू भन्ने शब्द जन्मिएको मानिन्छ । पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभाग उल्लेख गरिएको छ । यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रूपमा यौन क्षमतालाई मानेर त्यसको विकास र समृद्धिका लागि आवश्यक सेव्य औषधि र उपायका बारेमा अध्ययन गर्ने हो ।
स्थानीय निर्वाचन २०७९ मा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश पदमा उम्मेदवारी दिएका छन् । एमालेले ३३ हजार २४ पदमा उम्मेदवारी दिएको छ । काँग्रेसले ३० हजार ९४४ पदमा मनोनयन गरेको छ । वैशाख ३० गते हुने मतदानबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
जिल्लाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा चार जना महिलाले मात्र उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेका तर्फबाट सरस्वती चिदी, गठबन्धनबाट नेपाली काँग्रेसकी सुनिता अधिकारी र स्वतन्त्रबाट पनि महिलाले नै अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य सुरु भएको छ ।सडक विभागका प्रवक्ता शिव नेपालले सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भई कम्पनीले सुरुङ निर्माण गर्ने ठाउँको सर्वे तथा डिजाइनको काम सुरु गरेको जानकारी दिनुभयो ।
धादिङमा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले एक्लै उम्मेदवारी दिएको छ ।
हुलाक कार्यालयलाई अनलाइन व्यापार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित बजेट छलफलका क्रममा मन्त्रालयले त्यस्ता कार्यालयहरूलाई ‘इकमर्स प्लेटफर्म’का रूपमा उपयोग गर्ने प्रस्ताव राखेको हो । त्यस्तै, मन्त्रालयले दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।
अचेल कालो चामलको चर्चा बढी हुने गरेको छ । कालो चामलको परिकार राखेर रेस्टुरेन्ट चलाउनेहरूको होडबाजी नै छ । यो चामल एसियाली उत्पादन हो । रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार कालो धान आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा खेती गरिन्थ्यो । प्रतिदिन १५ ग्रामका दरले अन्य चामलमा मिसाएर कालो चामल खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र उच्च रक्तचाप जस्ता समस्यासँग लड्न मद्दत पुग्ने अनुसन्धानबाट थाहा भएको छ ।
विगत २३ वर्षदेखि अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाललाई गीतसङ्गीत, कविता, कथा, गजललगायतका विभिन्न साहित्यिक लेखनमा रुचि छ । कोरानाका कारण आफ्नो देश नेपाल आउन नपाउनुभएका गदाल अहिले चार वर्षको अन्तरालपछि नेपाल आउनुभएको छ ।
जोसेफ स्टालिनको सत्ता मातहत समष्टिवाद लाद्न तथा युक्रेनी राष्ट्रवादलाई झट्का दिन अपनाइएको क्रुर प्रयासमा ३९ लाख मानिसको ज्यान गएको थियो । स्टालिन सत्तामा रहँदा सन् १९३२–३३ मा युक्रेनको चरम अकालले गर्दा भोकमरीमा परेका मानिस खान खोज्न चारैतिर भौँतारिन थालेका थिए । खान योग्य जे पायो त्यही खाने मानसिकता उनीहरूमा झाङ्गिएको थियो । स्टेभिस्च गाउँमा एक युवा किसानले उजाड बगैँचामा पथिकहरू आफ्ना हातले खनिरहेको देखे । तीमध्ये धेरै जना दुर्बल थिए, उनीले सम्झे– उनीहरूको शरीर फुल्न सुरु भएको र चरम कुपोषणले गर्दा गन्हाउन थालेको थियो ।