नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।
भ्रष्टाचार कसुरमा थप सजाय १. सार्वजनिक निकायमा रहेका के कस्ता विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था भए पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ :
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा उत्तेजक नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कुनै राजनीतिक दलको घोषणापत्रमा अर्काे पार्टीलाई गाली गर्नु दुःखद कुरा भएको बताउनुभयो । पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा हुुनुुपर्नेमा उहाँले जोड दिनुुभयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभई केन्द्र मात्रै भएको आरोप लगाउनुुभयो । उहाँले चुनावी घोषणापत्र निकाल्न नसक्ने माओवादी केन्द्र पार्टी हुुन नसक्ने बताउनुभयो । यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्पर्क समन्वय कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो । उहाँले चुनावको समयमा एमालेविरुद्ध फैलाइने भ्रमप्रति नेता तथा कार्यकर्ता सबैै सचेत हुनुपर्ने बताउँदै जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नु नपर्ने र दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राखेको दाबी गर्नुभयो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको दाबी उहाँको थियो ।
१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ? पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।
राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।
सापेक्षिक रूपमा स्थानीय कर वित्तशास्त्रको नयाँ विषय हो । कर लगाउने अधिकार राज्यमा मात्र हुन्छ तर स्थानीय नागरिक निकायहरू राज्यका सार्वभौम अधिकार प्रयोग गर्ने हैसियतमा हुन्छन् भन्ने मान्यतापछि मात्र स्थानीय कर अभ्यासमा आएको हो । इतिहास हेर्दा स्थानीय करभन्दा पनि नगरपालिका करका रूपमा यसले प्रवेश पाएको देखिन्छ ।
सबै जनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने, सार्वजनिक, सबैसित सम्बन्ध भएको वस्तु, सेवा वा भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्यहरू नै सार्वजनिक हुन् । अर्काको अधिकारमा रहेको कुनै सेवा, वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम वा किनमेललाई खरिद भन्न सकिन्छ ।
पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।
काठमाडौं, वैशाख १३ गते। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ। त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सँगै गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समय दिएको थियो।
काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ।
प्रधान सेनापति प्रभुराम शर्मासँग फ्रान्सेली तथा अमेरिकी सेनाका उच्च अधिकारीबीच भेटवार्ता भएको छ।
सपना थामीकाठमाडौं, वैशाख १३ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। काठमाडौंमा उपप्रमुख पदका लागि ३३ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो। शाखा अधिकृत श्रेष्ठका अनुसार प्रमुख पदमा उम्मेदवारी दिएकामध्ये २१ जना राजनीतिक दल र ३५ जना स्वतन्त्र उम्मेदवार छन्। काठमाडौंको मेयर पदमा आठ जना महिलाले उम्मेदवारी दर्ता गर्नुभएको छ। नेपाली काँग्रेसकी सिर्जना सिंह, नेकपा एमालेका केशव स्थापित, लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी, राष्ट्रिय यथार्थवादी पार्टी नेपालका आनन्दराज जोशी, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका काजीलाल श्रेष्ठ, सचेत नेपाली पार्टीका डिल्लीराम राजभण्डारी, नेपाली जनता दलका निश्चल जोशी, नेपाल परिवार दलका पियरत्न महर्जन, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्मचार्य, नेपाली काँग्रेस (बीपी)का भक्तराज भुषाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, नेपाल समावेशी पार्टीका रामबहादुर खड्का, आमुल परिवर्तन मसिहा पार्टी, नेपालका रुपा सुवाल, नेपाः राष्ट्रिय पार्टी स्वतन्त्रका विजयप्रकाश सैजु, विवेकशील साझा पार्टीकी समीक्षा देवकोटा, नेपाल जनता पार्टीकी सरिता घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र महर्जन, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्यले काठमाडौं महागर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो। काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारमा अमोट महर्जन, इन्द्रमणि कपाली, उमेशकुमार सिंह, कान्ति तुलाधर (बज्राचार्य), किरण रञ्जित, जेठा महर्जन, ज्ञानु लामा तामाङ, दीपक सिलवाल, निमकान्त पाण्डे, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, बच्पनराज श्रेष्ठ, बाबुराजा संगत, मधुसुदन खड्का (केसी), मनिष श्रेष्ठ, महेन्द्र प्रजापति, रञ्जितमान शाक्य, रविकान्त मानन्धर, राजन कार्की, राजेन्द्र बस्नेत, राहुल मानन्धर, रोशन शाही, बालेन्द्र शाह, विजय मानन्धर, विनय स्थापित, विपिनराज वैद्य, शैलेन्द्रमान श्रेष्ठ, सन्देश शाक्य, नरेन्द्र बज्राचार्य, सुनिल श्रेष्ठ, सुमन सायमी, सुशीला थापा क्षेत्री, सूर्य थापा (श्रेष्ठ), शैलेश ढुङ्गाना र स्वइट थापा हुनुहुन्छ। यस्तै, ३३ उपप्रमुखमध्ये १४ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्नुभएको हो। यसमध्ये १३ जना महिला उम्मेदवार हुनुहुन्छ। मध्ये नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, नेकपा एमालेकी सुनिता डंगोल, नेपाली काँग्रेस (बीपी) का इन्दिरा अधिकारी थापा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उदय खड्गी, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा, विवेकशील साझा पार्टीका मीर्ति कंसाकार, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल सुशासन पार्टीका पुष्पा खरेल, नेपाली जनता दलका बन्दना बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनिता मगैया, सचेत नेपाली पार्टीका संगीता आचार्य, नेपाल मजदुर किसान पार्टीका सबिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका शारदा देवी मगर र उन्नत लोकतन्त्र पार्टीका पनिता थापा मगर हुनुहुन्छ। काठमाडौं उपप्रमुखमा स्वतन्त्र उम्मेदवारमा अम्बरबहादुर खत्री, आशिषचन्द्र तुलाधर, आशिष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्रमान डंगोल, मोहनकृष्ण श्रेष्ठ, रञ्जन डंगोल, रमेशप्रसाद जोशी, रवि नापित, राजेन्द्र दड्गी, राजेश शाही, रिङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेन्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जन छन्। काठमाडौं महानगरका ३२ वडामा ३२ वडा अध्यक्ष पदका लागि दुई सय २१ जनाको मनोनयन दर्ता भएको छ। ६४ जना वडा सदस्य पदका लागि तीन सय दश जना, ३२ जना महिला सदस्य पदमा एक सय ४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ। प्रमुख, उपप्रमुख, वडा अधयक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा एक सय ६२ पदमा आठ सय ५९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल थालेको छ।
रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ।