वासिङ्टन डिसी, जेठ १३ गते । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पु¥याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ । उक्त अवार्ड राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गर्नुभयो । ‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गर्नुभएका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर सुडानमा, सैनिक पिताम्बर थापा युनिफिल लेवनानमा र सैनिक दीपेन्द्र बस्ती साउथ सुडानमालाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले राससलाई दिनुभएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन् । उहाँकाअनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसङ्घको शान्ति मिशनमा कार्यरत छन् । राष्ट्रसङ्घको सन् २००२ को साधारणसभाले मे २९ लाई राष्ट्रसङ्घीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो । विश्वभर शान्ति स्थापनाका लागि जीवनउत्सर्ग गर्ने महानुभावको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । राष्ट्रसङ्घको निलो झण्डा मुनि आबद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् ।
काठमाडौं, जेठ १३ गते । नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएकाे छ । नाक, कान र घाटी विशेषज्ञहरुको १२ औँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ,“यस्ता सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत गर्छ ।” राष्ट्रपति भण्डारीले सम्मेलन नेपालमा आयोजना भएकोमा खुसी पनि व्यक्त गर्नु भएको छ । दक्षिण एशियामा रोग, बेरोजगारी, साझा चुनौती भएकाले चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावाना र सामुहिकत्त आवश्यक पर्ने राष्ट्रपति भण्डारीले जिकिर गर्नुभयो । राष्ट्रहरुबीच हुने र जनस्तरमा हुने सम्वादले सार्क भावनालाई अझ बलियो बनाउँदै लैजाने उहाँको विश्वास रहेको छ । सम्मेलनमा सार्क मुलुकका साथै विश्वका अन्य राष्ट्रहरुबाट विज्ञहरुलाई आमन्त्रण गरी संचालन हुने छलफलबाट नाक, कान र घाँटी रोगको उपचारका क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । “यस्ता सम्मेलनमा हुने छलफलबाट नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा जानकारी लिन थप सहयोग हुनुका साथै आपसी सीप, अनुभव आदनप्रदान गर्न सहयोग पुग्छ”। नाक, कान र घाँटी रोगका प्रकृतिहरु धेरै हदसम्म समान भएकाले यसको समाधानको लागि मिलेर रणनीतिहरु बनाउन यो सम्मेलनबाट प्राप्त निष्कर्षले मार्गदर्शन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
केशवचन्द्र महरा दिपायल, जेठ १३ गते । डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शुक्रबार विहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु.प. प्र. ०१००१ ज १३३४ नम्बरको जीप दुर्घटना भएको हो ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो । गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १३ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गठित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमबीच विदाई गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले कार्यक्रममा धन्यवाद व्यक्त गर्नुहुँदै सबै पदाधिकारी तथा सदस्यहरुलाई विदाई गर्नुभयो । स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी बनाउनमा जेइओसीको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले प्रसंशा व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा पनि जेइओसी गठन गरी निर्वाचनलाई थप प्रभावकारी बनाउन आयोग लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । जेइओसी निर्वाचनका लागि ‘सञ्चार मुटु’ भएको चर्चा गर्नुहुँदै आयुक्त पौड्यालले उद्देश्य अनुरुप काम गरी निर्वाचन सफल बनाउनु भएकोभन्दै सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा जेइओसी सञ्चालन कार्यादेश र प्रशिक्षणको कार्यक्रम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गतेदेखि जेठ १३ गतेसम्म जेइओसीमा रहेका सदस्यहरुले राम्रो काम गर्नुभएको बताउनुभयो । निर्वाचनबारे जेइओसीको प्रतिवेदन पनि आयोगलाई प्राप्त भएकोले त्यसको अध्ययन गरी आगामी दिनमा थप प्रभावकारी बनाउनेगरी तयारी गरिने प्रतिवद्धता जनाउनुभयो । गृह मन्त्रालयका उपसचिव तथा जेइओसीका सदस्य देवी पाण्डे खत्रीले निर्वाचन अवधिभर जिम्मेवारी दिएर काम गर्ने अवसर प्रदान गरेकोमा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । जेइओसी गठन लगत्तै त्यसको कार्यादेश र त्यसको कामबारे प्रशिक्षण दिइएको भए अझ प्रभावकारी काम गर्न सकिने उहाँले आयोगका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । निर्वाचनका गतिविधिबारे सही सूचना दिन जेइओसी आवश्यक रहेको उहाँले बताउनुभयो ।राष्ट्रिय अनुसन्धान विभागका विष्णुमणि आचार्यले जेइओसीमा रहेर गर्नुपर्ने कामको गाइडलाइन शुरुमै आयोगले प्रदान गरेको भए काम थप प्रभावकारी हुने बताउनुभयो । आगामी निर्वाचनमा आयोगले त्यसमा सुधार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । आयोगका प्रवक्ता पौडेलको संयोजकत्वमा वैशाख १० गते गठित जेइओसीमा गृह मन्त्रालयका उपसचिव खत्री, नेपाली सेनाका प्रमुख सेनानी सुमन थापा मगर, सशस्त्र प्रहरीका किरणकुमार कठायत, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, स्वास्थ्य सेवा विभाग, टेकुका उपसचिव बैकुण्ठराज गौतम, गृह मन्त्रालयका शाखा अधिकृत मित्रदेव लम्साल लगायत रहनुभएको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको थियो । निर्वाचनको परिणाम करिब सबै ठाउँबाट प्राप्त भएको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका बाहेक सबै ठाउँको निर्वाचन परिणाम सार्वजनिक भएको छ । बाजुरामा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको छ भने उदयपुरको मतगणना जारी छ । विदाई कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरु शालिग्राम शर्मा पौडेल, तुलसीबहादुर श्रेष्ठ, उपसचिवहरु कमल ज्ञवाली, कमलप्रसाद भट्टराईसहितका कर्मचारीहरुको सहभागिता थियो ।
भूर्गभविद डा.त्रिपाठीले भन्नुभयो, ‘सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिनुभयो ।
भवानी ऐरगोदावरी (कैलाली), जेठ १३ गते । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेश जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो । जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उहाँको भनाइ थियो । मन्त्रीपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्री रावलकाअनुसार आजको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले १५ औं गणतन्त्र दिवस भव्यताकासाथ ३ दिनसम्म मनाउने निर्णय गरेको मुख्यमन्त्री भट्टको स्वकीय सचिवालयले जनाएको छ । विगत केही वर्ष कोरोना संक्रमणका कारण बाजागाजासहितको ¥याली गरेर मनाउन नसकिएको दिवस यस वर्ष भव्यताकासाथ मनाइने मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले बताउनुभयो ।
अमरराज नहर्की तनहुँ, जेठ १३ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायबाट एक महिला उपप्रमुख बन्नुभएको छ । नेपाली काँग्रेसको उम्मेदवार इन्दिरा दरै अत्याधिक मत ल्याई उपप्रमुख बन्नुभएको हो । दरै उपप्रमु्ख बनेपछि सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको छ । उहाँले एमालेका बसुन्धरा घर्तिले भन्दा ३ हजार ४५६ मत प्राप्त गर्नुभएको थियो । उहाँले १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तिले दश हजार ४२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख दरैले आर्थिक कठिनाई भएर पढ्न नपाएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्ने बताउनुभएको छ । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोस् भनेर विद्यालयमा भर्ना गराई पठनपाठनमा सहयोग पु¥याउने आफ्नो पहिलो लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो । घरेलु हिंसापीडित महिलाको उद्धारमा टेवा पु¥याउने उहाँको भनाइ छ । व्यास नगरपालिकाको १४ वटै वडामा पुग्दा महिलाले भोग्नु परेको खानेपानी समस्याको समाधानका लागि बजेट विनियोजनाको लागि पहल गर्ने उहाँले बताउनुभयो । महिलाको क्षमता र नेतृत्व विकासका लागि समेत कटिबद्ध भएर लाग्ने उहाँको प्रतिबद्धता राख्नुभयो ।
बारा जिल्लामा बार महिनामा सात जनाको करेन्ट लागेर मृत्यु भएको छ । सामान्य जानकारी तथा सावधानी समेत नअपनाउदा अनाहकमा सात जनाले ज्यान गुमाउनुपरेको हो ।
पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ ।
काठमाडौं, जेठ १३ गते । मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म 'कबड्डी ४' आजबाट प्रदर्शनमा आएको छ । फिल्म आजबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ । फिल्मलाई सैलेन्द्र डि कार्कीले खिच्नुभएको हो । फिल्मको सम्पादन भने निमेश श्रेष्ठको रहेको छ । त्यस्तै, फिल्मको पार्श्व ध्वनी रोहित शाक्य र सैलेश श्रेष्ठले गर्नुभएको हो ।यसैबीच, यो फिल्मको बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियर गरिएको छ । भव्य प्रिमियरमा फिल्म क्षेत्रका चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक, पत्रकार, व्यापरिक क्षेत्रका मानिसहरुकाे उपस्थिति थियाे ।यसपटक रामबाबुले 'कबड्डी ४'लाई फाइनल म्याच भनेका कारण पनि आम मानिसको चासो फिल्मप्रति छ । निर्देशकले पनि फिल्मलाई विरकाजीको बिहेकै प्रसंग वरिपरी घुमाएका छन् ।
। लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ ।
प्रतीक इच्छुक शर्मासल्यान, जेठ १३ गते । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार आज बिहान सोही ठाउँमा ट्रिप्पर दुर्घटना भएको थियो । घटना थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा दुई लाख रुपियाँको अक्षयकोष घोषणा गरेको छ । शुक्रबार इच्छुकको २० औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल जिल्ला शाखाले अक्षयकोषको घोषणा गरेको हो ।
रुपन्दहीमा १६ पालिका रहेकोमा दश वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । त्यस्तै, एमालेले तीन वटा तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एक–एक पालिका जितेका छन् ।