ललितपुर, वैशाख १३ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति खेद व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ । तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ’, डा. महतले भन्नुभयो, ‘सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।’नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा.महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो ।एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसको सङ्कल्प पत्रलाई बकवास भन्दै टिप्पणी गर्नुभएको थियो । डा. महतले कार्यक्रममा कृष्ण रेउले र प्रीति आलेको स्वर रहेको “कांग्रेस नै चाहियो” भन्ने बोलको चुनावी गीतिको भिडियोसमेत सार्वजनिक गर्नुभएको छ ।
प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर वुढथापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाहीले पद मार्ग निर्माण कार्यगर्दा झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरको छ ।
जनकपुर उपमहानगरपालीका उपप्रमुखको रुपमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले उम्मेदवारी दिनुभएको छ।
काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीले निकुञ्जस्थित तारेभीर क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षीया आसमा खातुनले उपप्रमुख (उपमेयर) मनोनयन दर्ता गर्नुभएको छ। खातुनले जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो।स्थानीय तहमा युवा जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले उम्मेदवारी दिनुभएको हो। नगरपालिकाको विकासको लागि आफूले योगदान गर्ने उहाँको भनाइ छ। जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ। यादव केही दिनअघि नेपाली कांग्रेस परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको हो। यादव नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ ।
लक्ष्मण पौडेलभैरहवा, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की स्वेताकुमारी हरिजनले २१ वर्षकै उमेरमा वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उहाँले एमालेका तर्फबाट मंगलबार सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। रुपन्देहीका १६ वटा पालिकामा करिव २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबैभन्दा कान्छी उम्मेदवार हुन्ुहुन्छ। पिछडिएको समुदायका लागि केही गर्नसक्छु भनेर उम्मेदवारी दिएको स्वेताले बताउनुभयो। उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिनुभएको छ। ‘पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, यो आम युवाप्रतिको विश्वास हो, म यो विश्वासलाई टुट्न दिने छैन’, उहाँले भन्नुभयो। स्वेता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो।
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैया विचल्लीमा परेका छन् । आगलागीमा पूर्णरुपमा घर जलेर नष्ट भएपछि मुक्त कमैया विचल्ली परेका हुन् ।
चितवन जिल्लामा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो । फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल संघको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्यासी विमला पौडेललाई ३० मतले पराजित गर्नुभयो ।